हाम्रो बारेमा

0
499

सामुदायिक रेडियो उदयपुर १०२ थोप्लो ४ मेगाहर्ज महिलाको नेतृत्वमा संचालित नेपालको तेस्रो सामुदायिक रेडियो हो । हामीले उत्पादनगर्ने हरेक कार्यक्रमतथा समाचारहरुमा महिला दृष्टिकोण समावेश भएको हुन्छ । समुदायमा रहेर हामी समुदायका आवाजलाई बाहिर ल्याउन विगत १० वर्ष देखि प्रयासरत छौँ ।
सामुदायिक रेडियो उदयपुर १०२ थोप्लो ४ मेगाहर्जको उदघाटन २०६६ जेष्ठ १६ गते पहिलो गणतन्त्र दिवसको अबसरमा भएको हो । तत्कालिन व्यवस्थापिका संसदकी उपसभामुख पुर्णकुमारी सुबेदी र वरिष्ठ रेडियोकर्मी भैरब रिसालले एक कार्यक्रमकाबिच सामुदायिक रेडियो उदयपुरको उद्घाटनगर्नु भएको हो ।
रेडियो उदयपुर स्थापनाको श्रेय महिला पुनस्थापना केन्द्र ओरेकका संस्थापक डा. रेणु अधिकारीलाइ जान्छ । उहाँको परिकल्पनामा रेडियो उदयपुरको स्थापना भएको हो । महिलाको सुचनामा पहुँच अभिविद्धि गर्ने उदेश्यका साथ यो रेडियो संचालनमा छ । रेडियो संचालनको सम्पुर्ण स्वामित्व र दायित्व भने महिला सशक्तिकरण श्रोत केन्द्रको हो । यसै संस्थाको नेतृत्वमा सामुदायिक रेडियोको स्थापना भएको हो ।
ग्रामिण महिलाको नेतृत्वमा संचालित सामुदायिक रेडियो उदयपुरमा कार्यरत अधिकांश कर्मचारी महिला छन् । उदयपुरको त्रियुगा नगरपालिका वडा नम्बर ९ नवउदयटोलमा हाम्रो स्टेशन छ । हामी अहिले दैनिक १७ घन्टा प्रशारणमा छौँ ।