Menu

मंसीर ७, उदयपुर ।

उदयपुर–आसन्न प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनलाई निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउने उद्देश्यका साथ जिल्ला प्रशासन कार्यालय उदयपुरले जिल्लालाई मदिरा निषेधित क्षेत्र घोषणा गर्ने निर्णय गरेको छ । मंसीर ३ गतेको सुरक्षा समितिको बैंठकले आगामी १८ गतेदेखि २४ गतेसम्म पूर्णरुपमा मदिरा निषेधित क्षेत्र जिल्ला घोषणा गर्ने निर्णय गरेको जिल्ला प्रशासन कार्यालय उदयपुरका प्रशासकीय अधिकृत कुमार खड्काले बताउनुभयो । साथै मंसीर ४ गतेदेखि लागु हुने गरी जिल्लाका सबै होटल तथा मदिरा पसलहरुमा साँझ ७ बजेपछि मदिरा विक्री वितरणमा रोक लगाउने निर्णय पनि भएको छ । प्रशासनको निर्णयपछि नेपाल प्रहरी, म्यादी प्रहरी र सशस्त्र प्रहरीले बजारमा साँझ सातै बजे पसल बन्द गराउनेमा कडाई गरेका छन् । साँझ ७ बजेभन्दा पछाडि होटल र मदिरामा मादकपदार्थ विक्री वितरणमा रोक लगाईएको प्रहरीले जनाएको छ । प्रशासनको निर्णयलाई होटल तथा मदिरा व्यवसायीहरुले स्विकार गरी मदिरा विक्री वितरणमा रोक लगाएको होटल व्यवसायी गंगाबहादुर राईले बताउनुभयो । मदिरा सेवनका कारण झै–झगडा, बाद–विवाद बढ्ने र निर्वाचनको समयमा अशान्ति फैलन सक्ने अवस्थालाई मध्येनजर गर्दै निर्बाचनको खास समयमा जिल्लालाई नै मदिरा निषेधित क्षेत्र घोषणाको निर्णय गरिएको प्रजिअ चन्द्रमान श्रेष्ठले बताउनुभयो । निर्णयलाई उलंघन गरिएमा मदिरा नियन्त्रण ऐन अन्र्तगत कानूनी कारवाही हुने उहाँले बताउनुभयो ।यसबाट झैझगडामा कमी, मानवीय स्वस्थ्यको प्रतिकुल असरमा कमीका साथै उम्मेदवारहरुको खर्चमासमेत कटौटी हुने देखिन्छ ।