Menu

उदयपुर, मंसिर–७ 

आसन्न निर्बाचनको लागि थप सुरक्षा बलमा नियुक्त गरिएका म्यादी प्रहरीले उदयुरको त्रियुगा नगरपालिका बजारक्षेत्र तीनदिन देखि लगातार सरसफाई गर्दै आएका छन् । जिल्लाको गाईघाट बजारको एक दर्जन बढीचोक तथा बस्ती प्रहरीले सरसफाई गरेका छन् । जिल्ला प्रहरी कार्यालयको निर्देशन अनुसार म्यादी प्रहरीहरुलाई सरसफाईमा खटाईएको हो । सदरमुकाम गाईघाटको बोक्से, गाईघाटको मेन चोक, पीजी चोक, लोकतान्त्रिक चोक, पीपलबोट चोक, बीपी चोक, अस्पताल चोक, संगम टोल, हिमाली टोल, प्रगतिटोल, बसपार्क र गाईघाट–दित्तेल सडक खण्डको नाली लगाएतको क्षेत्रमा सरसफाई गरेका छन् । निर्बाचनको संघारमा खटिएका म्यादी प्रहरीहरुलाई तालिम प्राप्त पश्चात सामाजिक कामको अभियानमा नगर सरसफाईमा परिचालन गरिको जिल्ला प्रहरी कार्यालयको प्रहरी प्रमुख उपरीक्षक नवराज भट्टले बताउनु भयो । निर्बाचनको सुरक्षामा खटिएका म्यादी प्रहरीलाई नगरपालिकाको समन्वयमा नगर सफाईमा खटाईको हो । ड्युटीमा खटिएका बाहेक अन्य म्यादीलाई सरसफाई अभियानमा लगेको प्रहरी प्रमुख भट्टले बताउनु भयो । त्रियुगा नगरपालिकोको कार्यपालिका सदस्य केदार कुमार दनुवारका अनुसार –“क्लिन सिटीको रुपमा संगमटोल सुधार संस्थाले पनि सरसफाई गर्दै आएको र नेपाल प्रहरी, शसस्त्र प्रहरीले पनि सहयोग गरेको बताउनु भएको छ । वहाका अनुसार अहिले निर्बाचनको सुरक्षाका लागि भर्ना भइ तालिम प्राप्त म्यादी प्रहरीहरुको ठूलो संख्याले पनि सरसफाईमा काम गरेको हुदा सह््रानीय भएको समेत बताउनुभयो ।