Menu

७ मंसिर, उदयपुर 

आसन्न प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनको पर्यवेक्षणका लागि राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति (नियोक)ले जिल्लाभरी निर्वाचन पर्यवेक्षण गर्ने भएको छ । नियोकले मंसिर २१ गते हुने निर्वाचनका लागि जिल्लाको दुवै निर्वाचन क्षेत्रका चार वटा गाउँपालिका र चार वटा नगरपालिका क्षेत्रमा पर्यवेक्षण गर्ने तयारी गरेको हो । जिल्लामा रहने करिब दुई सय मतदान केन्द्रलाईनै समेट्नेगरी पर्यवेक्षणको कार्य अगाडी बढाएको नियोकका जिल्ला सभापति युवराज पराजुलीले बताउनु भएको छ । वहाले निर्वाचनलाई शान्तिपूर्ण, सहज र आचारसंहिताको परिधिमारही सम्पन्न गर्न नियोकले पर्यवेक्षण गर्ने र निर्वाचनको विश्वसनियतालाई अझ सफल बनाउन पर्यवेक्षण प्रभावकारी बनाउन पहल गर्ने बताउनु भएको छ । 

नियोकले क्षेत्र नं.१ र २ गरी जम्मा २३ जना स्थानिय पर्यवेक्षकहरु परिचालन गर्ने तयारी गरेको जनाएको छ । यसै क्रममा नियोक उदयपुरका सभापति पराजुलीको अगुवाईमा गएको पर्यवेक्षकको एक टोलीले प्रमुख जिल्ला अधिकारी चन्द्रमान श्रेष्ठ, जिल्ला प्रहरी प्रमुख एसपी नवराज भट्ट, मुख्य निर्वाचन अधिकृत तेजेन्द्रप्रसाद शर्मा, निर्वाचन अधिकृत शन्देश श्रेष्ठ, जिल्ला समन्वय समितिका प्रमुख खडग परियार र त्रियुगा नगरपालिकाका मेयर बलदेव चौधरी सँग निर्वाचनको वातावरणको बारेमा छलफल गरेको छ । 

छलफलको क्रममा मतदाता शिक्षा, सुरक्षा व्यवस्था, मतदान केन्द्र व्यवस्थापन, आचारसंहिताको पालना लगायतको विषयमा हालको अवस्था बारे छलफल भएको नियोकका सभापति पराजुलीले बताउनु भएको छ । साथै नियोकले मंसिर ७ गते निर्वाचन अवधि सम्मका लागि जिल्लाको विभिन्न स्थानहरुमा कार्यतालिका बनाई पर्यवेक्षक परिचालन गरिएको जनाएको छ । पर्यवेक्षणको क्रममा पहिलो चरणमा जिल्लाको पूर्वि भेग जोगिदह, हडिया, बेल्टार, सुन्दरपुर, बसाहा, रामपुर लगायतको स्थानको पर्यवेक्षण गर्ने जनाएको छ ।

त्यस्तै मंसिर ९ गते साउने, खाँबु, पोखरीमा र मंसिर १४ गते देखी १६ गते सम्म मुर्कुची, नेपालटार, उदयपुरगढी, कटारी, लेखानी, गहुँबारी सम्म अनुगमन पर्यवेक्षण गर्ने कार्यक्रम रहेको जनाएको छ ।