Menu

न्तर्राष्ट्रिय क्रिकेटमा डेब्यु गरेका दिलीप नाथ बोल्ड भएका छन्। बंगलादेशमा जारी इमर्जिङ टिम्स एसिया कपमा आफ्नो उत्कृष्ट डेब्यु खेलेका दिलीप नाथ तीसौ ओभरको दोस्रो बलमा राहतुलको बलमा बोल्ड भएका हुन्।

उनले दीपेन्द्र सिंह ऐरीसँग ९८ रनको महत्वपूर्ण साझेदारी गर्दै ४१ रन बनाए। ६२ बल खेलेका उनले ३ चौका र एक छक्का प्रहार गरेका थिए।

यसअघि टेस्ट राष्ट्र बंगलादेशले दिएको २५८ रनको लक्ष्य पछ्याएको नेपालले दोस्रो ओभरको अन्तिम बलमा कप्तान ज्ञानेन्द्र मल्ललाई शून्य रनमा गुमायो। यस्तै पाँचौ ओभरको दोस्रो बलमा सुनिल धमला १ रनको व्यक्तिगत स्कोरमा आउट भए।

बंगलादेशले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २५८ रन बनाएको थियो।

दिपेन्द्र सिंह ऐरीले अर्धसतकीय पारी पुरा गर्दै खेलिरहेका छन्।