Menu

उदयपुरको क्षेत्र नं. १ मा काँग्रेसका उम्मेदवार डा. नारायण खड्का विजयी

रेडियो उदयपुर, मंसिर २५ 

उदयपुरको क्षेत्र नं. १ को प्रतिनिधिसभाका कांग्रेसका उम्मेदवार डा. नारायण खड्का विजयी भएका छन् । खड्काले प्रतिद्धन्दि नेकपा एमालेका उम्मेदवार मन्जु कुमारी चौधरीलाई ५ सय ८४ मतले पछि पार्दै विजयी भएका हुन् । विहान ९ बजे अन्तिम मत परिणम सार्वजनिक गर्दा खड्काले ३३ हजार १ सय ४२ मत प्राप्त गरि विजयी भएका हुन भने चौधरीले ३२ हजार ५९४  मत प्राप्त गरेका छन् । प्रदेश तथा प्रतिनिधि सभाको प्रत्यक्ष उम्मेदवारहरुको मतगणना सम्पन्न भएसंगै उदयपुरबाट एक महिला सहित छ जना उम्मेदवारले विजय हाँसिल गरेका छन् । जसमा एक प्रतिनिधिसभा सहित चारसिट बाम गठबन्धनले जित हासील गरेको छ भने दुईसिट कांग्रेसले जित हासील गरेको छ । आज विहान ९बजेसम्मको मतगणनाबाट अन्तिम मत–परिणाम आएको हो । प्रतिनिधिसभा १बाट काँगे्रसका उम्मेदवार डा. नारायण खड्का, २बाट बाम गठबन्धनतर्फका उम्मेदवार नेकपा माओवादी केन्द्रका सुरेशकुमार राई (हिमाल), प्रदेशसभा अन्र्तगत बाम–गठबन्धनको समर्थन पाएको स्वतन्त्र उम्मेदवार नारायणब बुर्जा मगर, एमालेकी कला घले, प्रदेशसभा १ (क) मा एमालेका विमल कार्की र कांग्रेसका हिमाल कार्की लगाएत ६जनाले विजय हासील गरेका छन् ।  समानुपातीक तर्फको मत गणना भोलीदेखि सुरु हुने निर्वाचन कार्यलयले जनाएको छ । 

 

उदयपुरको क्षेत्र नं. १ को उम्मेदवार विच कडा प्रष्तिष्पर्धा, मतपरिणाम रोचक र चासोपूर्ण

रेडियो उदयपुर, मंसिर २५ उदयपुर

उदयपुरको क्षेत्र नं. १ को प्रतिनिधिसभाको उम्मेदवार कांग्रेस र बाम गठबन्धन बीच कडा प्रतिष्पर्धा भईरहेको छ । गनिदै गईरहेको मत–परिणाम सर्बसाधारणका लागि रोचक र चासोपूर्ण बनेको छ । प्राप्त मत विवरणले ७० हजारसम्मको गणनामा कांग्रेसका उम्मेदवार डा. नारायण खड्काले ३ सय ७९ मतले अग्रता लिएको छ । यो भन्दा अगाडी वाम–गठबन्धनका उम्मेदवार मन्जु कुमारी चौधरीले ७३ मतले अग्रता लिएको थियो । यो क्रम अहिले ७० हजार मत गणना भईसक्दाको अवस्थामा पनि कायम रहेकाले सर्बसाधारणका लागि निकै रोचक र कार्यकर्ताहरुका लागि चासो बनेकोे छ । वहाँहरुबीचको अन्तर थोरैमा ३सय र बढिमा ४सयसम्मको फरक देखिएको छ । यो समाचार तयार पार्दाको अवस्थामा कांग्रेसका डा. खड्काले ३१ हजार ३ सय ५२ र एमालेको चौधरीले ३० बजार ९ सय ७३ मत प्राप्त गर्नु भएको छ । खसेको कुलमत ७४हजार ५ सय १० रहेको क्षेत्र नं. १ मा प्रतिनिधिसभाको गणना कार्य जारी रहेको छ । विहान ६ बजेसम्मको मतपरिणाम अनुसार अव लगभग ४ हजार मत गन्न बाँकी रहेको देखिएको छ ।

 

रेडियो उदयपुरको ट्रान्समिटर पड्केर प्रसारण बन्द

मंसिर ८, रेडियो उदयपुर, उदयपुर

महिलाद्धारा सञ्चालीत सामुदायीक रेडियो उदयपुर १०२ थोप्लो ४ मेगाहर्जको आज विहान अचानक ट्रन्समिटर पड्केर रेडियोको प्रसारण बन्द भएको छ । आज विहान पौने ७ बजे रेडियोको आफ्नै कार्यक्रम उदयपुर गतिविधि प्रसारण भईरहेको समयमा अचानक ट्रान्समिटर पड्केर धुवा आएपछि रेडियोको प्रसारण बन्द भएको रेडियोका स्टेशन म्यानेजर अप्सरा समालले बताउनु भयो । विहान ५ बजे रेडियो अन.एयर गरेर सामान्य अवस्थामा चलिरहेको ट्रान्समिटर एक्कासी पड्केको रेडियोका प्राविधिक पार्वता खड्काले बताउनु भयो । १०० वाट क्षमता भएको रेडियो दैनिक १७ घण्टा प्रसारणमा रहेको थियो । रेडियोको यउटा मात्र ट्रन्समिटर भएकोले अव अर्को ट्रान्समिटर नभएसम्म रेडियो सञ्चालनको विकल्प नभएको रेडियोका अध्यक्ष मन्दिरा दनुवारले बताउनु भयो ।

 

 

मतगणना स्थलमा आउदै गरेका एमालेका युवा नेताको मोटरसाईकल दुर्घट्नामा मृत्यु

रेडियो उदयपुर, उदयपुर

मतगणना स्थलमा आउदै गरेका एमालेका युवा नेताको हिजो मोटरसाईकल दुर्घट्ना भएर मृत्यु भएको छ । उदयपुरको त्रियुगा नगरपालीका १० बोक्सेमा हिजो विहान साढे ११ बजे मोटर साईकल र आटो ट्याम्पु एक आपसमा ठक्कर खादा गम्भिर घाईते मोटरसाईकल चालकको मृत्यु भएको हो । करम गाछिहुदै गाईघाट आउदै गरेको स ८ प ९५३८ नम्वरको मोटरसाईकल र गाईघाटबाट करमगाछि जादै गरेको स १ ह ३८२ नम्वरको अटो ट्याम्पु एक आपसमा ठक्कर खाएर दुर्घट्ना हुदा मोटरसाईकल चालक नेकपा एमालेका युवा कार्यकर्ताको मृत्यु भएको हो । दुर्घट्नाबाट गम्भिर घाईते भएका उदयपुरको त्रियुगा नगरपालीका १६ जातेका २३ वर्षिय सुवास रानाको न्युरो हस्पिटल विराटनगरमा मृत्यु भएको जिल्ला प्रहरी कार्यलय उदयपुरले जनाएको छ । जातेबाट मतगणनाको लागी २÷३ दिनको लागी भन्दै घरबाट विदा लिएर हिडेका मगरको यादव कार्की दुर्घट्ना भएकै स्थानमा मोटर साईकल दुर्घट्ना भई मृत्यु भएको प्रहरीले जनाएको छ । अहिले अटो चालक त्रियुगा नगरपालीका १० का ४४ वर्षिय उदय राईलाई जिल्ला प्रहरी कार्यलय उदयपुरले नियन्त्रणमा लिएको छ । मगरको ८वर्षिय १ छोरा र श्रीमती छन् । 

 

उदयपुरमा मतदान गर्ने वातावरण सृजना, ढुक्कले मतदान गर्न प्रजीअको आग्रह

 

मंसिर २०, उदयपुर

मंसीर २१ गते विहिबारका दिन हुने दोस्रो चरणको प्रतिनिधि तथा प्रदेश शभाको निर्बाचनका लागि उदयपुरको सबै मतदान केन्द्रमा सुरक्षा व्यवस्था मिलाई सकिएको प्रमुख जिल्ला अधिकारी प्रदिपराज कँडेलले बताउनु भयो । जिल्लाको सम्पुर्ण मतदान केन्द्रमा सुरक्षा व्यवस्था मजबुद बनाएको हुदा सम्पुर्णण मतदाताहरुलाई ढुक्कले मतदान गर्न प्रजीअ कँडेलले आग्रह गर्नु भएको छ । वहाँले विशेष सुरक्षा व्यवस्थाका साथ सबै मतदान केन्द्रहरुमा मतदान सामग्री पठाइएको समेत जानकारी गराउनु भएको छ । पहाडी र दुर्गम क्षेत्रमा मंगलबार मतपत्र सुरक्षा घेराका साथ पठाइसकिएको र सदरमुकाम क्षेत्रका केन्द्रहरुमा बुधबार पु¥याईने बताउनुभयो । सुरक्षाका सबै संयन्त्रलाई परिचालन गरि सुरक्षा व्यवस्था मजबुद पारिएको उहाँले बताउनुभयो । नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, म्यादी प्रहरी र विशेष प्रहरीलाई विशेषरुपले तैनाथ गराई जिल्लाभरी नै समेटिने गरी विभिन्न सुरक्षा रणनीति प्रयोग गरी सुरक्षा व्यवस्था मजबुद पारिएको उहाँले बताउनुभयो ।

 

उदयपुरमा एउटा मतदान केन्द्र महिला मैन्त्री

मंसिर २०, उदयपुर

उदयपुरको त्रियुगा नगरपालिका वडा नं. ११ बालमन्दिर उच्च माध्यमिक विद्यालयमा रहेको मतदान केन्द्र महिलाहरुले मात्र संचालन गर्ने भएका छन् । उक्त मतदान केन्द्रमा ८ कर्मचारी सहित सुरक्षाकर्मी पनि महिला नै परिचालीत भएको मतदान अधिकृत निर्मला कार्कीले जानकारी दिनुभयो । कार्कीका अनुसार ‘सवै कर्मचारी उर्जाशिल भएकाले सजिलै मतदान सम्पन्न हुने विश्वास छ’ । उक्त केन्द्रकि सुरक्षाप्रमुख असई उमा गुरुङ्गले ‘जनतालाई सुरक्षा दिने विषयमा पुरुषले जति सुरक्षा दिन सक्छ महिलाले पनि त्यतिनै सुरक्षा दिन सक्ने बताउनु हुदै नागरिकको सुरक्षमा सम्बेदनशिल भएर निर्वाचन सफल बनाउन प्रतिवद्ध रहेको बताउनु भएकोछ । उक्त मतदान स्थलमा ४ वटा मतदान केन्द्र रहेका छन् । सवै मतदान केन्द्रको सुरक्षाकर्मी महिला छन् भने (ख) मतदान केन्द्र महिला मैत्री रहेको जिल्ला निर्वाचन कार्यालयका सुचना अधिकार अर्जुन खड्काले जानकारी दिनुभयो । मतदान केन्द्र (ख) मा १ हजार ६३ जना मतदाता रहेका छन् । 

 

उदयपुरलाई मदिरा निषेधित क्षेत्र घोषणा गर्ने निर्णय

मंसीर ७, उदयपुर ।

उदयपुर–आसन्न प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनलाई निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउने उद्देश्यका साथ जिल्ला प्रशासन कार्यालय उदयपुरले जिल्लालाई मदिरा निषेधित क्षेत्र घोषणा गर्ने निर्णय गरेको छ । मंसीर ३ गतेको सुरक्षा समितिको बैंठकले आगामी १८ गतेदेखि २४ गतेसम्म पूर्णरुपमा मदिरा निषेधित क्षेत्र जिल्ला घोषणा गर्ने निर्णय गरेको जिल्ला प्रशासन कार्यालय उदयपुरका प्रशासकीय अधिकृत कुमार खड्काले बताउनुभयो । साथै मंसीर ४ गतेदेखि लागु हुने गरी जिल्लाका सबै होटल तथा मदिरा पसलहरुमा साँझ ७ बजेपछि मदिरा विक्री वितरणमा रोक लगाउने निर्णय पनि भएको छ । प्रशासनको निर्णयपछि नेपाल प्रहरी, म्यादी प्रहरी र सशस्त्र प्रहरीले बजारमा साँझ सातै बजे पसल बन्द गराउनेमा कडाई गरेका छन् । साँझ ७ बजेभन्दा पछाडि होटल र मदिरामा मादकपदार्थ विक्री वितरणमा रोक लगाईएको प्रहरीले जनाएको छ । प्रशासनको निर्णयलाई होटल तथा मदिरा व्यवसायीहरुले स्विकार गरी मदिरा विक्री वितरणमा रोक लगाएको होटल व्यवसायी गंगाबहादुर राईले बताउनुभयो । मदिरा सेवनका कारण झै–झगडा, बाद–विवाद बढ्ने र निर्वाचनको समयमा अशान्ति फैलन सक्ने अवस्थालाई मध्येनजर गर्दै निर्बाचनको खास समयमा जिल्लालाई नै मदिरा निषेधित क्षेत्र घोषणाको निर्णय गरिएको प्रजिअ चन्द्रमान श्रेष्ठले बताउनुभयो । निर्णयलाई उलंघन गरिएमा मदिरा नियन्त्रण ऐन अन्र्तगत कानूनी कारवाही हुने उहाँले बताउनुभयो ।यसबाट झैझगडामा कमी, मानवीय स्वस्थ्यको प्रतिकुल असरमा कमीका साथै उम्मेदवारहरुको खर्चमासमेत कटौटी हुने देखिन्छ ।

 

 

उदयपुरका सवै मतदान स्थलमा मतदान अधिकृत परिचालन 

मंसिर १९, उदयपुर 

मंसिर २१ गते हुने प्रतिनिधि सभार र प्रदेशसभाको निर्वाचनको लागि उदयपुरका सवै मतदान स्थलहरुमा कर्मचारी परिचालन गरिएको छ । चुनावका लागि आवश्यक पर्ने मतपेटिका, मतपत्र, स्वस्तिक छाप, स्टाम्प प्याड, सियो धागो लगायतका सामाग्री लिएर कर्मचारीहरु मतदान स्थलमा पुगिसकेको उदयपुर जिल्ला निर्वाचन कार्यालयका सुचना अधिकारी अर्जुन खड्काले जानकारी दिनुभयो । उहाँका अनुसार जिल्लामा रहेका ९८ मतदान स्थलका दुइसय ३३ मतदान केन्द्रमा एक हजार ८ सय ६२ कर्मचारी परिचालन गरिएको हो । प्रत्येक मतदान केन्द्रमा २ जनाको दरले स्वयंसेवक जम्मा ४ सय ६६ स्वयंसेवक परिचालन गरिएको छ ।  खड्काका अनुसार प्रत्येक मतदान केन्द्रमा एकजना मतदान अधिकृत, एकजना सहायक मतदान अधिकृत, चार जना सहायक कर्मचारी, दुई जना सहयोगी र दुईजना स्वयंसेवक रहेका छन् । चार गाउँपालिका र चार नगरपालिकामा गरि ८ स्थानिय तह रहेको उदयपुरमा मतदाता संख्या १ लाख ९३ हजार ९ सय १८ मतदाता छन् ।

 

महिला हिंसा भएमा ११४५ डायल गरौँ

कुनै पनि महिला एवम् बालबालिकालाई लैंगिक हिंसा भएमा अबदेखि ११४५ मा खबर गर्न सकिनेछ । राष्ट्रिय महिला आयोगले विश्व बैंकको सहयोगमा लैगिक हिंसा न्युनिकरणका लागि यो सेवा सञ्चालन गर्न लागेको हो । अभियानको गत मंगलबार परिक्षण समेत गरिएको छ । राष्ट्रिय महिला आयोगका सचिव तुलसीराम सेढाइले ११४५ मा फोन डायल गरेर परिक्षण गरेका हुन् । उनले समाजमा लैंगिक हिंसा बढ्दो रहेको भन्दै यसबाट प्रभावित महिलालाई राहत मिल्ने बताए । उनले भने, ‘हामीले यो काठमाडौं, ललितपुर, भक्तपुर र नुवाकोट गरी चार जिल्लामा सर्वेक्षणको रुपमा गर्नेछौ । सफल भएमा देशभरि नै लागू हुनेछ ।’ उनले यी चार जिल्लामा लागूभएपनि देशभरिको फोन कलहरूलाई स्वागत गरिने बताए । महिला तथा समाजकल्याण मन्त्रालयकी सहसचिव राधिका अर्यालले उक्त अभियानलाई प्रभावकारी रुपमा सञ्चालन गर्न आग्रह गर्दै हिंसा प्रभावित महिलाले राहत मिल्ने वातावरण बनाउन बुझाव दिइन् । केन्द्रीय बालकल्याण समितिका कार्यकारी निर्देशक तारक धितालले प्रभावितलाई कसरी सजिलो तरिकाले न्याय दिन सकिन्छ भन्नेमा ध्यान दिन आग्रह गरे ।

वल्र्ड बैंककी प्रतिनिधि कारोलेनी सागेले यो अभियानले सामाजमा हुने महिलामाथिको हिंसा कम हुने अपेक्षा गरिन् । परियोजनाका संयोजक पलिता थापाले यो अभियानले हिंसा प्रभावित महिलाका समस्या समाधान मात्र नभई हिंसा कसरी रोक्न सकिन्छ भन्नेमा समेत ध्यान दिने बताइन् । हिंसामा परेमा जुनसुकै फोनबाट, जहाँबाट पनि ११४५ मा निशुल्क उजुरी गर्न सकिनेछ । यो अभियान आउँदो डिसेम्बरबाट सुरु हुनेछ । आफू हिंसामा परेमा २४ सै घण्टा हप्ताको सातै दिन उपलव्ध हुनेछ । हिंसामा परेमा एसएमएस बाट पनि खबर गर्न सकिनेछ । अथवा वेबसाइट www.nwchelpline.gor.np मा वा फेसबुक पेजमापनि सम्पर्क गर्न सकिन्छ ।

हिंसामा परेमा प्रभावित स्वयंले, प्रभावितका आफन्त वा साथीले, हिंसाका घटना घटेको देख्ने वा सुन्ने व्यक्तिले, हिंसाका घटना घट्न सक्छ भनेर थाहा पाउने व्यक्ति, लैंगिक हिंसा न्यूनीकरण तथा रोकथाम सम्बन्धी काम गर्ने संघ–संस्थाहरूले, अन्य जुनसुकै व्यक्तिहरूले पनि खबर गर्न सक्नेछन् । अभियानका क्रममा हिंसामा अति प्रभावितका लागि सुरक्षित वा, कानूनी उपचार तथा परामर्श सेवा, १८ वर्ष मुनिका प्रभावितलाई विशेष सेवा, मनोसामाजिक परामर्श सेवा, आधारभूत स्वास्थ्य सेवा उपलव्ध गराइनेछ ।

महिला खबर