Menu

मंसिर १९, उदयपुर 

मंसिर २१ गते हुने प्रतिनिधि सभार र प्रदेशसभाको निर्वाचनको लागि उदयपुरका सवै मतदान स्थलहरुमा कर्मचारी परिचालन गरिएको छ । चुनावका लागि आवश्यक पर्ने मतपेटिका, मतपत्र, स्वस्तिक छाप, स्टाम्प प्याड, सियो धागो लगायतका सामाग्री लिएर कर्मचारीहरु मतदान स्थलमा पुगिसकेको उदयपुर जिल्ला निर्वाचन कार्यालयका सुचना अधिकारी अर्जुन खड्काले जानकारी दिनुभयो । उहाँका अनुसार जिल्लामा रहेका ९८ मतदान स्थलका दुइसय ३३ मतदान केन्द्रमा एक हजार ८ सय ६२ कर्मचारी परिचालन गरिएको हो । प्रत्येक मतदान केन्द्रमा २ जनाको दरले स्वयंसेवक जम्मा ४ सय ६६ स्वयंसेवक परिचालन गरिएको छ ।  खड्काका अनुसार प्रत्येक मतदान केन्द्रमा एकजना मतदान अधिकृत, एकजना सहायक मतदान अधिकृत, चार जना सहायक कर्मचारी, दुई जना सहयोगी र दुईजना स्वयंसेवक रहेका छन् । चार गाउँपालिका र चार नगरपालिकामा गरि ८ स्थानिय तह रहेको उदयपुरमा मतदाता संख्या १ लाख ९३ हजार ९ सय १८ मतदाता छन् ।