Menu

काठमाडौं– संगठनका रुपन्देही अध्यक्ष दुर्गा तिवारी मारिएपछि युवासंघले केन्द्रीय समितिको आकस्मिक बैठक बोलाएको छ ।


युवासंघका सचिव नरेन्द्र शाहीले ५ बजे राजधानीमा उपलब्ध केन्द्रीय समिति सदस्यहरुको आकस्मिक बैठक बोलाइएको रातोपाटीलाई जानकारी दिए ।

उनका अनुसार बैठकमा तिवारी हत्याको विषयमा छलफल हुने छ भने विरोधका कार्यक्रम समेत तय गरिने छ ।

सोमबार अपरान्ह रातो मोटरसाइकलमा आएको अज्ञात समुहले तिवारीमाथि रुपन्देहीको देवदह नगरपालिकामा पर्ने खैरेनीबजारमा गोली हानी हत्या गरेको थियो ।

पहाडी मूलका तिवारीमाथि छ महिनाअघि पनि गोली प्रहार भएको एक युवासंघका केन्द्रीय नेताले बताए । उनका अनुसार उनी उच्च परिवारका व्यक्ति हुन् ।