Menu

नी हुन् पटनास्थित गान्धी आश्रमका निर्देशक डा.रजी अहमद । भारतका क्रान्तकारी नेता जयप्रकाश नारायण लोहियाको साथमा आन्दोलन गरेका अहमद विहारमा गान्धीवादी नेताको रुपमा चिनिन्छन् । एकसमयका प्रसिद्ध लेखक तथा पत्रकार रहिसकेका अहमद नेपालमा विभिन्न कालखण्डमा भएको आन्दोलनलाई नजिकबाट हेरेका छन् र बुझेका छन् । प्रस्तुत छ, गान्धी आश्रममा अहमदसँग रातोपाटीका लागि एसके यादवले गरेको संक्षिप्त कुराकानीः

तपाई पुरानो नेता, गान्धीविचारलाई आत्मसात गर्नुभएको छ, भारतको वर्तमान अवस्थालाई कसरी विश्लेषण गर्नुहुन्छ ?

–भारतलाई विश्वको सबभन्दा प्रजातान्त्रिक देश भन्छन् तर, यहाँको व्यवहार राम्रो छैन । यहाँ प्रधानमन्त्री वा राष्ट्रपति कतै बाहिर निस्कन थाले भने पुरै सडकलाई सुनसान बनाउँछन्, मानौ कफ्र्यु लागेको छ । तर, मैले नेपालमा त्यस्तो देखेको छैन । म एकपटक नेपाल गएको बेला त्यहाँका राजा महेन्द्रले प्रहरी जस्तो जीपमा त्यतिकै घुमिरहेको पाएँ । कसैलाई थाह पनि थिएन । तर, यहाँ भारतमा जनतालाई सास्ती दिइरहेका हुन्छन् । यहाँको राजनीतिक सत्तामुखी भएको छ । जो नेता पनि यहाँ सत्ताका लागि मात्रै राजनीतिक गरेका छन् । जनताका लागि कसैले केही गरेका छैन । अँग्रेजसँग हिन्दुस्तानीले कसरी लडाई लडेको थिए । त्योसँग हिन्दुस्तानको अहिले केही मेल खाँदैन । महात्मा गान्धीले लगुँटी लगाएर हिन्दुस्थानलाई आजाद (स्वतन्त्र) गराउनु भएको थियो भने अहिलेका प्रधानमन्त्री नरेन्द्र मोदी ११ लाखको सुट लगाउनु भएको छ । के यसैका लागि भारत अजाद भएको थियो ? महात्मा गाँधी सुटबुटबाट लगौँटीमा आउनु भएको थियो भने नरेन्द्र मोदी लगौँटीबाट सुटबुटमा आउनु भएको छ । यही परिवर्तन भएको छ भारतमा ।

नेपालको बारेमा तपाई के बुझ्नु भएको छ ?
–नेपाल एउटा सुन्दर राष्ट्र हो । त्यहाँ गर्न चाहे भने धेरै गर्न सकिन्छ । सानो देश तर धेरै सम्भावना भएको देश हो । त्यहाँका नेताहरुमा सम्झदारी छ । कुरा बुझ्छन् । आफ्नो देशका लागि, राष्ट्रियताका लागि कुर्वानी (बलिदानी) दिन जानेका छन् । बीपी कोइराला पटनामा बस्नु हुन्थ्यो । उहाँ नेपाली भएपनि धेरैजसो समय यही पटनामा नै बित्थ्यो । हामीसँगै बसेर चिया खान्थ्याँै, नेपालको पोल्टिक्सबारे कुराकानी गथ्र्यौँ । बीपी चीन, नेपाल र भारतबीच सहकार्य हुनुपर्ने कुरा गर्नुथ्यो । ट्रेङ्गल फ्र्याण्डसीपको कुरा गर्नुहुन्थ्र्यो ।