Menu

जेठ २०, उदयपुर  
उदयपुरमा गर्मि बढेसंगै विसालु सर्पको विगविगी बढ्न थालेकोछ । सर्पको विगविगी बढ्न थालेसंगै उदयपुरको पश्चिमी क्षेत्र कटारी नगरपालिका ४ सिम्लेमा विषालु सर्पको टोकाईबाट एकै घरका २ जनाको ज्यान गएकोछ । सिम्लेमा एकै घरका ११ वर्षीय नाति सगुन बस्नेत र हजुरआमा ५० वर्षीय टिकामाया बस्नेतको सर्पको टोकाईबाट आज विहान ज्यान गएकोछ । हजुरआमाको घरमै सुतिरहेको अवस्थामा सर्पको टोकाईबाट ज्यान गएको र नातिको सैनिकक्याम्प कटारी ताराघारीमा रहेको सर्पदंश उपचार केन्द्रमा उपचारको क्रममा ज्यान गएको क्याम्पका मेजर साकारसिंह बस्नेतले जनाकारी दिनुभयो । गर्मिमौसममा उदयपुरको अधिकासं क्षेत्रमा सर्पको टोकाईबाट पीडित बन्नेहरुको संख्या बढ्दै गएको छ ।