Menu

काठमाडौं, चैत १५ – एक दशक भन्दा लामो समय देखि गायन, संगीत तथा शब्द सृजना क्रियासिल सञ्जोक योञ्जनले नयाँ गीत ‘म्हेन्दो माया’ सार्वजनिक गरेका छन् ।
गीत उनले भिडियो सहित सार्वजनिक गरेका हुन् । राजन ईशानको एरेन्जमेन्टमा तयार भएको गीतमा शब्द तथा संगीत गायक योन्जनकै रहेको छ ।
भिडियोमा भिजे एवं गायक सोनाम पाख्रीन र मोडल सुमि मोक्तानले मोडलिङ गरेका छन् । भिडियो पासाङ योन्जन लामाले निर्देशन गरेका हुन् ।
ज्ञानेन्द्र शर्माको छायांकनमा भिडियो सम्पादन प्रविण श्रेष्ठले गरेका हुन् ।
गायक सञ्जोकले ३ वर्ष अगाडी ‘सगुन’ नामक एल्बम सार्वजनिक गरेका थिए । सो एल्बमको ‘आलु र तामा’ बोलको गीतले दर्शकको मन जितेको थियो ।
गायक सञ्जोकको सेलो जुहारी, दिलकी रानी, समुन्द्रपारी, सगुन, मुग्लान ह्यूल्सा एल्बमहरु बजारमा आएका छन् । एक एल्बम छिट्टै ल्याउने तयारीमा छन् । एल्बममा गायक सञ्जोककै शब्द र संगीतमा १० गीत रहनेछ ।