Menu

काठमाडौं, चैत्र १४ – भुपु मायालु, तिमी जस्तो छैन कोही, मन पराइ हत्ते गरेउ नि जस्ता गीतबाट चर्चा बटुलेका गायक त्रिलोक रानाले नयाँ गीत ‘कोही छकी यहाँ ’ भिडियो सहित सार्वजनिक गरेका छन् ।
चार वटा एल्बम बजारमा ल्याइसकेका त्रिलोकको यो गीत शब्द, संगीत सुशान लामाको रहेको छ । गीतको भिडियोमा शिल्पा पोखरेल र निराजनले अभिनय गरेका छन् । गीत अर्जुन अधिकारीले निर्देशन गरेका हुन् ।
पछिल्ला केही वर्ष आफ्नो घरयासी कारणले गर्दा केही समय गायनबाट टाढिएका त्रिलोक अब फेरी गीत संगीतलाई अगाडि बढाउने सोचमा छन् । जसको सुरुवात उनले यो गीतबाट गरेका हुन् ।