Menu

रेडियो उदयपुर

माघ–७, उदयपुर

उदयपुरमा शितलहर प्रभावितका लागी न्यानो कपडा वितरण गरिएको छ । माग ६ र ७ गते सवाल मिडियाको सहयोग र रेडियो उदयपुरको  सहकार्यमा  उदयपुरको त्रियुगा नगरपालिका वडानम्वर ८ र ९ का २ सय ६० जनालाई जाडोबाट बच्नको लागि न्यानो कपडा वितरण गरिएको हो । उदयपुरको त्रियुगा नगरपालीका वडा नं ८ झोडा र उत्तरबारी टोलका दलित, मुसहर, एकल महिला, अपाङ्ग, अशक्त, अति विपन्न र गरिव परिवारका जम्मा २ सय ६० जनालाई जाडोबाट बच्नको लागि न्यानो कपडा वितरण गरिएको हो । चिसोका कारण उदयपुरका मुसहर समुदायका बालबालिकाहरु स्कुल जान छोडेर आगो ताप्नको लागी पत्तकर संकलन गरिरहेको समाचार विभिन्न सञर माध्यममा प्रसारण तथा प्रकाशन भएको देखेर सहयोग गर्नको लागी काठमान्डौ देखि सहयोग गर्न आएको सवाल मिडियामा कार्यरत मिडियाका सरिसा अक्षामीले बताउनु भयो । कार्यत्रममा राहत वितरण गर्न आएका सहयोगीहरुलाई धन्यवाद दिदै उहांहरुको सहयोग उदाहरणिय रहेको वडा नं ८ का वडा अध्यक्ष कमल राउतले बताउनु भयो । त्यस्तै हामी गरिब मान्छे हामीसंग दुई चार जना छोराछारी छन् ज्याला मजदुरी गरि ल्याको पैसाले विहान वेलुकाको छाक टार्न नै गारो भैरहेको बेला सवल मिडियाले सम्पुर्ण परिवारलाई न्यानो कपडा दिदा एकदमै खुसि लागेकोे स्थानिय राजिन सदाले बताउनु भयो । राहत वितरण कार्यक्रममा  त्रियुगा नगरपालिका वडा नम्वर ८ का वडा अध्यक्ष कमल राउत , ९ नम्बर वडाका वडा अध्यक्ष धन बहादुर दनुवार, सवाल मिडियाका पदाधिकारी, समाजसेवी,वुद्धिजीवि, संचारकर्मी लगाएतको उपस्थिती  रहेको थियो ।