Menu
    • उदयपुरमा शितलहर प्रभावितका लागी न्यानो कपडा वितरण

      उदयपुरमा शितलहर प्रभावितका लागी न्यानो कपडा वितरणरेडियो उदयपुर माघ–७, उदयपुर उदयपुरमा शितलहर प्रभावितका लागी न्यानो कपडा वितरण गरिएको छ । माग ६ र ७ गते सवाल मिडियाको सहयोग र रेडियो उदयपुरको  सहकार्यमा  उदयपुरको त्रियुगा नगरपालिका वडानम्वर ८ र ९ का २ सय ६० जनालाई जाडोबाट बच्नको लागि न्यानो कपडा वितरण गरिएको हो । उदयपुरको त्रियुगा नगरपालीका वडा नं ८ झोडा र उत्तरबारी टोलका दलित, मुसहर, एकल महिला, अपाङ्ग, अशक्त, अति विपन्न र गरिव परिवारका जम्मा २ सय ६० जनालाई जाडोबाट...

      Read More

समाचार

'राज्य व्यवस्था समितिले दिएका निर्देशन स…

व्यवस्थापिका–संसद्, राज्य व्यवस्था समितिको बैठकले आफ्नो वार्षिक प्रतिवेदनको मस्यौदालाई पारित गरी अगामी सदनको बैठकमा पेस गर्ने निर्णय गरेको छ।समितिका सभापति दिलबहादुर घर्तीको सभापतित्वमा बसेको आजको बैठकले सो प्रतिवेदन सर्वसम्मतिले पारित...

Read more

स्थानिय समाचार

दोश्रो चरणको निर्वाचनका लागि तयारीलाई ति…

 मंसिर ११, उदयपुर  मंसिर २१ गते हुने दोश्रो चरणको निर्वाचनका लागि जिल्ला निर्वाचन कार्यालय उदयपुरले तयारीलाई तिव्रता दिएको छ । निर्वाचनलाई भरपर्दो र विश्वसनिय बनाई सफलता पुर्वक सम्पन्न गर्न निर्वाचन कार्यालयले...

Read more

मनोरञ्जन

कपिलको कार्यक्रममा देखिनेछन् सुनिल ग्रोव…

नयाँ दिल्ली, चैत १५ – कपिल शर्मा र सुनिल ग्रोवरका प्रशंसकका लागि एउटा खुसीको खबर छ । कपिलसँगको झगडापश्चात् कार्यक्रम छोडेका भनिएर सुनिल ग्रोवरले कार्यक्रम नछोडेको र उनी सुटिङका लागि...

Read more

रेडियो उदयपुर

माघ–७, उदयपुर

उदयपुरमा शितलहर प्रभावितका लागी न्यानो कपडा वितरण गरिएको छ । माग ६ र ७ गते सवाल मिडियाको सहयोग र रेडियो उदयपुरको  सहकार्यमा  उदयपुरको त्रियुगा नगरपालिका वडानम्वर ८ र ९ का २ सय ६० जनालाई जाडोबाट बच्नको लागि न्यानो कपडा वितरण गरिएको हो । उदयपुरको त्रियुगा नगरपालीका वडा नं ८ झोडा र उत्तरबारी टोलका दलित, मुसहर, एकल महिला, अपाङ्ग, अशक्त, अति विपन्न र गरिव परिवारका जम्मा २ सय ६० जनालाई जाडोबाट बच्नको लागि न्यानो कपडा वितरण गरिएको हो । चिसोका कारण उदयपुरका मुसहर समुदायका बालबालिकाहरु स्कुल जान छोडेर आगो ताप्नको लागी पत्तकर संकलन गरिरहेको समाचार विभिन्न सञर माध्यममा प्रसारण तथा प्रकाशन भएको देखेर सहयोग गर्नको लागी काठमान्डौ देखि सहयोग गर्न आएको सवाल मिडियामा कार्यरत मिडियाका सरिसा अक्षामीले बताउनु भयो । कार्यत्रममा राहत वितरण गर्न आएका सहयोगीहरुलाई धन्यवाद दिदै उहांहरुको सहयोग उदाहरणिय रहेको वडा नं ८ का वडा अध्यक्ष कमल राउतले बताउनु भयो । त्यस्तै हामी गरिब मान्छे हामीसंग दुई चार जना छोराछारी छन् ज्याला मजदुरी गरि ल्याको पैसाले विहान वेलुकाको छाक टार्न नै गारो भैरहेको बेला सवल मिडियाले सम्पुर्ण परिवारलाई न्यानो कपडा दिदा एकदमै खुसि लागेकोे स्थानिय राजिन सदाले बताउनु भयो । राहत वितरण कार्यक्रममा  त्रियुगा नगरपालिका वडा नम्वर ८ का वडा अध्यक्ष कमल राउत , ९ नम्बर वडाका वडा अध्यक्ष धन बहादुर दनुवार, सवाल मिडियाका पदाधिकारी, समाजसेवी,वुद्धिजीवि, संचारकर्मी लगाएतको उपस्थिती  रहेको थियो ।

 

खेलकुद

कप्तानको भूमिकामा विराजको अग्निपरीक्षा

विराज महर्जन नेपाली फुटबलप्रेमीका लागि नयाँ नाम होइन। सन् २००७ मा एन्फा एकेडेमीबाट निस्किएपछि उनी नेपाली फुटबलमा निकै सक्रिय छन्। सन् २००८ मा पाकिस्तानविरुद्ध पोखरा रंगशालामा खेल्दै अन्तर्राष्ट्रिय फुटबलमा डेब्यू...

Read more