व्यवसाय प्रबर्धन तथा उधमशिलता तालिम सम्पन्न

उदयपुर । व्यवसाय प्रबर्धन तथा ऊधमशिलता तालिम सम्पन्न भएको छ । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था गाईघाट सेवा केन्द्र उदयपुरको आयोजनामा जिल्लाको उदयपुरगढी गाउँपालिका ७ हाडेवासमा दुई दिने तालिम विहिवार सम्पन्न भएको हो ।

परपरागत पशुपालनलाई त्यागी आधुनिक व्यवसायिक बनाई संस्थामा रहेक सदस्य र उनका परिवारको भविष्य सुनिश्चत गराउने उद्धेश्यले तालिमको आयोजना गरिएको तालिम सहजकर्ता प्रदिप कुमार पुरीले बताए ।

तालिममा व्यवसाय विश्लेषण र व्यवसायिक योजनाको विषयमा छलफल भएको थियो । गाईघाट सेवा केन्द्र प्रमुख खगेन्द्र श्रेष्ठको अध्यक्षतामा समपन्न भएको कार्यक्रममा महिला पुरुष गरी जम्मा ३२ जना संस्थाका सदस्यहरुलाई तालिम दिएको थियो ।

कार्यक्रमको समापन गर्दै प्रमुख श्रेष्ठले सहारा सेवा केन्द्रले पुजी संगै व्यवसायिक वनाउनका लागी विभिन्न किसिमका कार्यक्रमहरु संचालन गर्दै आइरहेको वताए । उनले,भने अहिले मुलकमा १७ अर्व मासु वाहिर वाट नेपालमा आयत भइरहेको छ त्यसैले नेपालमै मासुमा आत्म निर्भर बन्नका लागी संस्थाको सदस्यहरुलाई बाख्रा पालनका लागी पुजी संगै सिप पनी प्रदान गरिरहेको बताए । केहि दिन मात्र अगाडि समुहमा वोयर जातका वोका हस्ताणतरण गरिएको थियो ।

तालिम माघ २९ देखि फाल्गुन १ गते सम्म उदयपुर गढीमा संचालन भएको थियो भने माघ २७ र २८ गते बेल्टार सेवा केन्द्रको आयोजनामा आपखहरे सामुदायिक वनको सभाहलमा संचालन भएको संस्थाका फिल्ड म्यानेजर संजय चौधरीले बताए ।