बेलका नगरपालीकाको वडाकार्यलय भवनहरु बन्दै

0
247

माघ–२२,उदयपुर ।  उदयपुरको बेलाका नगरपालीकामा वडा कार्यलय भवनहरु बन्ने प्रक्रिया सुरु भएको छ । बेलाका नगरपालीकामा अहिलेसम्म ३ वटा वडा कार्यलयको भवन निर्माण कार्य सम्पन्न भईसकेको छ भने ५ वटा वडा कार्यलयको भवन सिल्यान्यास भईसकेको छ । ९ वटा वडा रहेको बेलाकामा यस आर्थिक वर्षमा ८ वटा भवन निर्माण कार्य सम्पन्न हुने बेलाका नगरपालीकाका मेयर दुर्गा कुमार थापा स्वस्तिकले बताउनु भयो ।

वहाका अनुसार वडा नम्बर २मा मात्र जग्गा उपलब्ध भईसके पनि बिबादका कारण भवन निर्माणमा समस्या भएको हो । यस आर्थिक वर्षमा मात्रै ८ वटा वडा कार्यलयको भवन निर्माण गरि कार्यलय सञ्चालन गर्ने बेलाका नगरपालीकाका प्रमुख मेयर स्वस्तिक थापाले बताउनु भयो ।
नगरपालीकाको वडा नम्बर ४, ५ र ८को भवन निर्माण कार्य सम्पन्न भई कार्यलयहरु सञ्चालन भई रहेको मेयर थापाले बताउनु भयो ।

वडा नम्बर ४ लाल सिसुवामा एउटा हल सहित ४ कोठे भवन निर्माण सम्पन्न भएको हो । ३७ लाख बराबरको लागतमा उक्त भवन निर्माण गरिएको हो । सत्य सिता कन्सट्रक्शन प्रालीले उक्त भवन निर्माण गरेको हो ।

त्यस्तै बेलाका नगरपालीकाको वडानम्बर ५ स्थित ६ कोठे भवन निर्माण कार्य सम्पन्न भएको छ । हल सहितको उक्त भवन ३५ लाख बराबरको लागतमा सत्य सिता कन्सट्रक्शन प्रालीद्धारा नै निर्माण कार्य सम्पन्न गरिएको हो ।

यस्तै वडानम्बर ८ सोमबारे स्थित पनि वडा कार्यलय भवन निर्माण सम्पन्न गरिएको छ । वडानम्बर ८को भवन उपभोक्त समितीबाट निर्माण कार्य सम्पन्न गरिएको मेयर थापाले बताउनु भयो ।

यता वडा नम्बर १ भालअन्ती स्थित वडानम्बर १को वडाकार्यलय निर्माण गर्न ठेक्का प्रत्रिया सुरु भएको छ । वडा नम्बर ३ सातपत्रे स्थितको भवन निर्माणको लागि सिल्यान्यास गरिएको छ । ३७ लाख लागतमा निर्माण सम्पन्न गरिने योजना भएको उक्त भवन बैशाख १५ सम्ममा बनिसक्ने सम्झौता भएको छ । भवन निर्माणको लागि बेल्टार निर्माण सेवासंग सम्झौता भई काम सुरु भएको वडा अध्यक्ष भरत दर्लामीले बताउनु भयो ।

यसैगरि वडा नम्बर ७ बासिराम टेम्वामा पनि मैनाममैनि नीर्माण सेवा कम्पनीबाट भवन निर्माणको लागि ठेक्का प्रक्रिया सुरु भएको छ । यस्तै नगरपालीका परिषरमा रहेको वडा नम्बर ९ को भवन निर्माण कार्य पनि सुरु भएको छ ।

३७ लाखको हाराहारीमा ४ कोठे भवन निर्माण कार्य सुरु भएको हो । ८ वटा वडा कार्यलयको भवन निर्मांण गर्नको लागि लगभग ३करोड बराबरको स्टिमेट रेहेको अध्यक्ष थापाले बाउनु भयो ।

बेलाका नगरपालीकाले वडा नम्बर ६ बुद्धचोक स्थित अढाईतल्ले भवनमा २ वटा हल सहित २२कोठे भवन निर्माण गरिरहेको छ । बेलाका नगर पालीकाले १करोड ९६ लाखमा घिमिरे निर्माण सेवाद्धारा द्रूतगतिमा निर्माण कार्य गरिरहेको छ । असार मसान्त सम्ममा निर्माण कार्य सम्पन्न गरि आफ्नो प्रशासनिक कार्य नयाँ भवनबाट सुरु गर्ने पालीकाले लक्ष्य लिएको छ । बेलाका नगरपालीकामा पुरानो कुनै पनि संरचना नरहेको र नयाँ नगरपालीका भए पनि १ वर्ष भित्रमा सवै वडा कार्यलय र आफ्नो प्रशासनिक भवन निर्माण गरि कार्यलय सँञ्चालन गर्ने लक्ष्य लिएको छ ।