महिला हिंसा तथा दायित्व विषयक अन्तक्रिया कार्यक्रम

उदयपुर । महिला हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत बिहिवार जिल्ला समन्वय समितिको हलमा महिला माथि हुने हिंसा र आम नागरिको दायित्व विषयक छलफल तथा अन्तरक्रिया कार्यक्रम गरिएको छ । शान्ति समाज केन्द्र पेसोक नेपाल तथा ओरेक नेपालको संयुक्त आयोजनामा महिला माथि हुने बिभिन्न हिंसाको अवस्थाहरुलाई मध्यनजर गर्दै यसलाई कसरी न्युनिकरण गर्ने भन्ने विषयमा बिभिन्न क्षेत्रहरु सँग अन्तक्रिया गरिएको हो ।नेपालमा अझै पनि महिला हिंसाको अन्त्य नभएको र उदयपुरमा यसको अवस्था के छ भन्ने विषयमा गहन छलफल भएको शान्ति समाज केन्द्र पेशोक नेपालकी अध्यक्ष तथा महिला अधिकारकर्मी सिर्जना दनुवारले बताउनुभयो ।उहाले सहभागिहरु बाट उठेका प्रश्नहरु आर्थीक पक्ष, सामाजिक पक्ष र सरकारले बनाएको निति नियमहरु कार्यन्वयन भएको छ की छैन भन्ने विषयमा अनुगमन हुन जरुरी लगाएतका प्रश्न तथा अन्तक्रिया निकै महत्वपूर्ण रहेको बताउनुभयो ।
यस्तै ओरेक नेपाले १ नं प्रदेशका ९ ओटा जिल्ला मोरङ, सुनसरी, उदयपुर, ताप्लेजुङ, इलाम, भोजपुर, तेह्रथुम, खोटाङ र झापा बाट लिएको तथ्याङक अनुसार उदयपुर महिला हिंसाको क्षेत्रमा दोस्रो रहेको तथ्याङकले देखाएको छ भने मोरङ पहिलो रहेका छन् । तथ्याङक अनुसार मोरङ पहिलो, उदयपुर दोस्रो, सुनसरी तेस्रो, तेह्रथुम चौँथो, ताप्लेजुङ पाँचौ, झापा छैँटौँ, भोजपुर साँतौ, खोटाङ आठौँ, र इलाम सबै भन्दा कम महिला हिंसाको क्षेत्र रहित नाऔँ स्थानमा रहेको तथ्याङकमा प्रस्तुत छ ।
यसै तथ्याङको आधारमा जनप्रतिनिधि, महिला अधिकारकर्मी, संञ्चारकर्मी, नागरिक, संघसंस्था र कर्मचारीहरु लगाएतको अन्नर्त्क्रियामा उदयपुरमा यसको अवस्थाको बारेमा प्रश्न उठाएका थिए ।

कार्यक्रममा संघिय सांम्सद प्रमिला राईले सरकारले नै महिलाहरुलाई हेर्ने दृश्टीमा सुधार नल्यायको बताउनुभयो । उहाले सरकारले अझै पनि महिलाहरुको क्षमतालाई बुझ्न नसकेको बताईन् । महिलाहरुलाई हिंसा हुने किसिमकै संविधान उल्लेख गरेर महिलाहरुलाई एउटा निश्चित क्षेत्रमा मात्रै समेटको बताउनुभयो ।

कार्यक्रममा प्रदेश नं १ की साम्सद सुनीता चौधरी, जिल्ला समन्वय समितिका प्रमुख खड्ग परियार, उपप्रमुख गंगा राई, प्रसाशन प्रमुख दुर्ब बहादुर खड्का, प्रहरी प्रमुख बीर बहादुर बुढा मगर लगाएतले महिला हिंसा सम्बन्धि कुरा राखेका थिए ।