होटलमा काम लगाइदिन्छु भन्दै यौनधन्दा, दुई जना पक्राउ

0
285

सुनसरी । होटलमा काम लगाइदिन्छु भन्दै लोभलालचमा पारेर दुई किशोरीलाई यौनधन्दा गराएको अभियोगमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पाँचथर फिदिम फलैचा–८ बस्ने ३० वर्षीया बिनु सुब्बा र महोत्तरी बर्दिबास नगरपालिका–१२ बस्ने २९ वर्षीय सरोज कार्कीलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

दुई जनाले मोरङ बेलबारी बस्ने २१ वर्षीया र सुनसरी ईटहरी बस्ने १७ वर्षीया किशोरीलाई ईटहरी उपमहानगरपालिका–६ स्थित होटलमा काम लगाइदिन्छु भन्दै यौनधन्दा गराउँदै आएका थिए ।

प्रलोभनमा पारी यौनधन्दा गराएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय ईटहरीबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।