हाम्रो बारेमा

सुरवाती समय
त्रियुगा नगरपालिका १६ राजाबास स्थित ,राजाबास आसपासका किशोरीहरु लाई महिला पुनस्र्थापना केन्द्र ओरेक नेपालले संयोजन गर्दै अडियो टावरको सुरवात गरीयो जहाँ , ४ बटा मायकहरु राखेर वबपरका ४ पल्लो गाँउसम्म सुनिने गरी हाम्रो सुचनाहरु घन्किन्थे । कृषी,बाताबरण,महिला अधीकार, बाल अधिकार,बिभीन्न सुचनाहरु र समाचारहरु दैनिक साँझ ३ घण्टा प्रशारण हुने गथ्र्यो अन्तत यही प्रयास नै रेडियो उदयपुरको रुपमा परिबर्तन भयो ।खास गरी संचारमा महिलाको सहभागीताले मात्रै संचारमाध्यममा महिलाको बिषयलाई सुनिश्चित गर्न सक्छ भन्ने ठम्याईबाट रेडियो को सुरवात भएको हो यसको श्रेय महिला मानबअधिकारकर्मि श्री डा.रेणु अधीकारीलाई जान्छ ।
सामुदायीक रेडियो उदयपुर १०२ थोप्लो ४ मेगाहर्जले संचार मन्त्रालयको अनुमति अनुसार प्रथम गणतन्त्र दिबशको अबसर पारेर बि.स २०६६ साल जेष्ठ १६ गते बिधीबत रुपमा आफनो औपचारिक प्रशारण सुरु गरेको हो यो नेपालमा महिलाहरुद्धारा संचालित नेपालको तेस्रो रेडियो हो जहाँ दैनिक काम गर्ने कर्मचारीका रुपमा २५ बर्ष भन्दा कम उमेरका युवाहरुको संलग्नता छ । १०० वाट क्षमता रहेको रेडियो उदयपुरको स्टेशन उदयपुर जिल्लाको त्रियुगा नगरपालिका वडा न १६ राजाबास, नबउदयटोलमा रहेको छ । उदयपुर जिल्ला नगरपालिका, गाबिसहरु र संगैका सिरहा र सप्तरीका केहि भागमा पनि सुनिएको छ ।
संस्थागत संरचना
रेडियो उदयपुर १०२ थोप्लो ४ मेगाहर्ज महिला शशक्तिकरण श्रोत केन्द्र उदयपुरको स्वामित्व र दायित्वमा संञ्चालित रेडियो हो ।संस्थाका कार्यसमितीका सदस्यको सभा नै रेडियोउदयपुरको सर्बोच्च निकाय हो । समुदायको मानिसहरु,बुद्धिजिबि, जनप्रतिनिधी, संघसंस्थाका प्रतिनिधीहरु लगायत स्थानिय क्षेत्रको सुझाबका आधारमा यो सभाले रेडियोको निती निर्माण,योजना, बार्षिक बजेट लगायत महत्वपुर्ण कुराहरुको निर्णय गर्दछ । यी निर्णयहरु कार्यन्वयन तथा अन्य कार्यहरुको ब्यबस्थापनका लागि रेडियो परिषदको मातहतमा रेडियो ब्यबस्थापन समिती क्रियाशिल रहन्छ । रेडियोको दैनिक संचालन कार्यकारी प्रमुखमा स्टेशन मेनेजर रहन्छ । रेडियो ब्यबस्थापन समितीले स्टेशन म्यानेजर लगायत अन्य कर्मचारीहरुको ,नियुक्त गर्दछ । हामी बिगत ५ बर्षदेखी समुदायमा निरनतर सुचना प्रबाह गरिरहेका छौ ।हामी आज याहाँसम्म्म आइपुग्दा हामीले हाम्रो परिकल्पना,ध्यय र लक्ष्य यस्तो बनाएका छौ ।
परिकल्पना
हामी यस्तो समाजको परिकल्पना गर्छौं, जहाँ सबै महिलाहरुले आफूलाई चाहेको सूचनामा पहँुच प्राप्त गर्नेछन् र आफ्नो अधिकार निर्धक्कसाथ दाबी तथा उपभोग गर्नका लागि आवाज बुलन्द पार्न सक्षम हुनेछन् ।
ध्येय
राष्टिय तथा अन्तराष्टिय दुवै क्षेत्रमा महिलादारा सञ्चालित नमूना सामुदायिक रेडियो बन्ने हाम्रो ध्येय हो । सामग्री सृजनादेखि संवाददाता र श्रोतासम्म सबै तहमा महिलाको अर्थपूर्ण सहभागितामार्फत गुणस्तरिय र सन्तुलित सामग्रीको उत्पादन तथा प्रसारण गरि हामी यो ध्येय प्राप्त गर्ने लक्ष्य राख्छौं । समग्रमा, न्यायपूर्ण र समतामूलक समाज सृजनाका लागि परिवर्तनको संवाहक बन्ने हाम्रो आकांक्षा हो ।
लक्ष्य
प्रभावकारी सञ्चार सामग्री र सरोकारवालाहरुसंगको बलियोे सहकार्यमार्फत महिलाका आवाज र उनीहरुका सवाललाई उठान गर्ने विश्वसनीय सामुदायिक रेडियोका रुपमा रेडियो उदयपुरले आफ्नो बृहत चिनारी बनाउनेछ ।

  • हाम्रो आफनोपन के हो र ?
  • महिलाद्घारा संचालित रेडियो स्टेशन
  •  हामी सामुदायिक छौ ।
  • हरेक समयमा समुदायको सम्मान गर्ने
  • धेरै भन्दा धैरै सुचना तथा शिक्षामुलक कार्यक्रम गर्ने
  • स्थानिय बोलिचालीका भाषा प्रयागे गर्ने
  • सही भाषा र स्पष्ट बाचन गर्ने
  • गित संगित र बिज्ञापनको जथाभाबी प्रयोग नगर्ने
  •  कुनै घटना तथा बिषयमा तथ्य कुरा मात्र बोल्ने र श्रोतको उल्लेख गर्ने
  • प्रत्येक घण्टामा समयबारे जानकारी दिने
  • हिन्दी गीत नबजाउने
  • बढी भन्दा बढी सामाजिक हितको बिज्ञापनलाइ प्राथमिकता दिने

सहभागितामुलक कार्यक्रम गर्नेनेपालको तेश्रो महिलाद्धारा सन्चालित सामुदायकि रेडियो, रेडियो उदयपुर १०२थोप्लो ४ मेगाहर्ज प्रगतीशील सन्चार माध्यम हो।। हामी पुर्ण सामुदायीक छौ, हामी समुदायकै कुरा गछौ, हाम्रो समग्र प्रशारणमा सामाजिक हित लुकेको छ । सामाजिक हित र न्यायको लागी बिभीन्न संघ सस्थाहरु, स्थानीय बुद्धिजीवि–व्यक्तिहरुसंग सहकार्य गरि हरेक कार्यक्रमहरु उत्पादन र प्रशारण गर्दै आइरहेका छौ ।