ताप्लेजुङ दुर्घटनामा निधन भएकाहरुप्रति अस्ट्रेलियाका नेपालीद्वारा दुःख व्यक्त

0
272

अस्ट्रेलिया / ताप्लेजुङमा बुधबार भएको हेलिकोप्टर दुर्घटनामा निधन भएकाहरुप्रति अष्ट्रेलियास्थिति नेपाली संस्थाहरुले श्रद्धाञ्जली व्यक्त गरेका छन् ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीसहित ७ जनाको मृत्यु भएको घटनाले देशको पर्यटन र हवाई क्षेत्रमा अपुरणीय क्षति भएको भन्दै संघसंस्थाहरुले दुःख व्यक्त गरेका हुन् ।

प्रवासी नेपाली मञ्च र जनप्रगतिशील मञ्च अष्ट्रेलियाका अध्यक्षद्वय रमेश पाण्डे र माण्डवराज कार्कीले विज्ञप्ति प्रकाशित गरी नेपालको पर्यटन विकास र पूर्वाधार निर्माणको क्षेत्रमा महत्वकांक्षी योजनाहरुलाई मूर्तरुप दिने समृद्धिको सारथी गुमाएको बताएका छन् ।

यस्तै, गैरआवासीय नेपाली सघ (एनआरएनए) अस्ट्रेलियाका प्रवक्ता डिला खरेलले पनि विज्ञप्ति प्रकाशित गरी दुर्घटनामा निधन भएकाहरूप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् ।

उक्त दुर्घटनामा मन्त्री अधिकारीसँगै नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्रप्रसाद श्रेष्ठ, नागरिक उड्डयन प्राधिकरणकै उपनिर्देशक ध्रुव भोछिभोय, प्रधानमन्त्री कार्यालयका उपसचिव युवराज दाहाल, यति एयरलाईन्सका अध्यक्ष आङछिरिङ शेर्पा, नेपाली सेनाका अर्जुनकुमार घिमिरे र एयर डाईनेष्टिका पाइलट प्रभाकर केसीको मृत्यु भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here