मन्त्री अधिकारीको शोकमा नेपाली दूतावास अबुधावी बन्द

0
270

यूएई । सरकारले राष्ट्रिय शोक घोषणा गरेपछि नेपाली दूतावास अबुधावीको कार्यालय बिहीबार बन्द हुने भएको छ ।

ताप्लेजुङमा बुधबार भएको हेलिकोप्टर दुर्घटनामा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीसहित ७ जनाको निधन भएपछि सरकारले बिहीबार राष्ट्रिय शोक मनाउने निर्णय गरेको हो । सोही अनुसार दूतावासले सूचना जारी गरी मन्त्रिपरिषदको निर्णय बमोजिम बिहीबार राष्ट्रिय शोक घोषणा भएकाले दूतावास बन्द रहने जानकारी दिएको हो ।

बुधबार साँझ बसेको बैठकले देशभर र विदेशस्थित नेपाली दूतावास तथा नियोगहरुमा बिहीबार सार्वजनिक विदा दिइने र आधा झण्डा झुकाउने निर्णय गरेको थियो । सोही अनुसार दूतावास बन्द रहने र कार्यालयमा रहेको राष्ट्रिय झण्डा आधा झुकाइने कार्यबहाक राजदूत सागरप्रसाद फुयाँलले जानकारी दिए ।

शुक्रबार र शनिवार यहाँको स्थानीय विदा हुने भएकाले दूतावास कार्यालयको नियमित सेवा भने आइतबारबाट सञ्चालन हुने छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here