कतारमा नेपाली कलाकारलाई धनकुटा प्रवासी सेवा समाजको सम्मान

0
265

कतार / कतारमा आयोजित एक कार्यक्रममा सहभागी हुन आएका नेपाली कलाकारहरुलाई धनकुटा प्रवासी सेवा समाजले सम्मान गरेको छ ।

समाजको प्रदेश १ समन्वय परिषद कतारको समन्वयमा प्रदेश १ का कतारमा कि्रयाशील ११ संस्थाको संयुक्त आयोजनामा हुन लागेको वीन्टर आउटडोर फेस्टिवलमा सहभागी हुन आएका कलाकारद्वय शम्भु राई र अजु गौतमलाई दोहामा सम्मान गरिएको हो ।

गायक राई र गायिका गौतमलाई संस्थाका अध्यक्ष, प्रमुख सल्लाहकार तथा पदाधिकारीहरुले खादा ओढाई सम्मान गर्नुका साथै संस्थाका तर्फबाट सम्मानपत्रसहित मायाको चिनो प्रदान गरेका थिए ।

गार्खा रेस्टुरेन्टको सभाहलमा आयोजित कार्यक्रममा प्रमुख अतिथीसमेत रहेका राईले प्रवास भूमिमा रहेर पनि धनकुटा प्रवासी सेवा समाज, कतारले आफ्नो गृह जिल्लालाई तन, मन, वचन र कर्मले गरेको सहयोग र समाजिक कार्यको प्रशंसा गरे ।

कार्यक्रममा संस्थाका सल्लाहकार डीएन मगरले संस्थाको सांस्कृतिक गतिविधिबारे जानकारी दिएका थिए ।

कार्यक्रम संस्थाका अध्यक्ष ललित लिम्बुको सभापतित्वमा सम्पन्न भएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here