प्रदेश ५ को पहिलो बैठकमा नेताहरुले संबोधन गर्दै

0
262

२१ माघ, बुटबल – प्रदेश नम्बर ५ को संसद बैठक बुटवलमा सुरु भएको छ । दिउँसो १ बजेदेखि सुरु भएको संसद बैठकमा अहिले सांसदहरुले बोल्ने क्रम जारी छ । प्रदेश सभाको बैठक बुटवल उद्योग वाणिज्य संघको हलमा सुरु भएको हो । प्रदेशसभाका जेष्ठ सदस्य रुपन्देहीका ७९ वर्षीय बलदेव शर्मा पोखरेलले पहिलो बैठकमा सभामुखको भूमिका निर्वाह गर्नुभएकाे छ । बैठकको सुरुमा सभामुख पोखरेलले प्रदेशसभा आह्वान सम्बन्धी प्रदेश प्रमुख उमाकान्त झाको पत्र पढेर सुनाउनुभएकाे छ ।

यो बैठकमा ६ वटा दल एमाले, कांग्रेस, माओवादी केन्द्र, संघीय समाजवादी फोरम, राजपा र राष्ट्रिय जनमोर्चाका एक एक सदस्यले सम्बोधन गर्दैछन् । एमालेका सांसद शंकर पोखरेलले सम्बोधन गरिसकेका छन् । बाँके, बर्दिया, दाङ, रुकुम पूर्व, रोल्पा, प्युठान, गुल्मी, अर्घाखाँची, पाल्पा, नवलपरासी पूर्व र कपिलबस्तु जिल्ला रहेको यस प्रदेशमा प्रत्यक्ष र समानुपातिक पद्धतितर्फबाट गरी ८७ सांसद रहेका छन् ।

यो बैठकमा अन्तरिम प्रदेशसभा सञ्चालन कार्यविधि पास गर्नेलयायत ५ वटा कार्यसूची छ । माघ २८ गतेका लागि सभामुखको निर्वाचन तोक्ने कार्यसूची पनि छ ।