उदयपुरको चौकरीवारीमा दाजुको कुटाईबाट भाईको मृत्यु,कुटपिट गर्ने दाई पक्राउ

0
409

उदयपुर। उदयपुरमा आफनै दाजुको कुटाईबाट भाईको मृत्यु भएको छ । गत सोमबार त्रियुगा नगरपालिका ९ चौकीबारी बस्ने ५० वर्षिय दाजु पुलकित चौधरीको कुटाईबाट घाइते भएका आफ्नै भाई ३६ वर्षिय खुशिलाल चौधरीको उपचारको क्रममा बुधवार मृत्यु भएको छ ।

सामान्य घरायसी विवादको कारण कुटपिट गरी घाइते बनाएको र उपचारको लागि गोल्डेन अस्पताल विराटनगरमा उपचारको क्रममा भाईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी तथा डिएसपी बेदप्रसाद गौतमले जानकारी दिनुभयो ।
बुधबार पक्राउ परेको दाजुलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।