त्रियुगा वडा नम्वर ८ द्धरा खेलाडीलाई सम्मान 

0
332

राजावास,उदयपुर । त्रियुगा नगरपालिका  वडा नम्वर ८ ले वडामा रहेको खेलाडीहरुलाई सम्मान गरेको छ । आज वडा कार्यलयले एक कार्यक्रमको विच वडाका युवा फुटवल खेलाडीहरुलाई सम्मान गरेको हो ।

त्रियुगा नगरपालिकाको आयोजनामा भरखरै सम्पन्न चैत २ गते त्रियुगा नगर खेलकुद महोत्सव अन्तरगत २१ औँ स्व लालसेर राई स्मृति मेयर गोल्ड कप फुटवल तर्फको फाइनल गेम खेल्न वडा ८ सफल भएका थिए । खेलमा वडा नम्वर १० संग प्रतिस्पर्धा गरेका थिए ।

खेलमा उप विजेता वन्न सफल खेलाडीहरुको प्रोत्साहन र अगामी दिनमा खेलाडीहरुको साथ सहयोगमा रहने प्रतिवद्धता सहित खेलाडीहरुलाई सम्मान गरेको वडा अध्यक्ष कमल कुमार राउतले बताए । खेलाडीहरुलाई खादा ओढाएर सम्मान गरेका थिए । उप विजेता वनेका खेलाडीहरुले नगद ३० हजार,प्रमाण पत्र र ट्रफी प्राप्त गरेका थिए ।  खेल प्रशिक्षणमा सहजताको लागी वडाकार्यलयको तर्फवाट एक थान फुटवल समेत प्रदान गरिएको छ ।