मलिथम थारु सेवा समाज उदयपुरको चिन्तन बहस कार्यक्रम सम्पन्न

0
308

उदयपुर । थारु समुदायको अवस्था बिषयक चिन्तन बहस कार्यक्रम सम्पन्न भएको छ । खोज परिवर्त उत्थान मलिथम थारु सेवा समाजके मुल अभियान भन्ने नारा संगै बहस कार्यक्रम सम्पन्न भएको छ ।

उदयपुरको थारु युवाहरु द्धरा नव गठित समाजिक संस्था मलिथम थारु सेवा समाज उदयपुरको आयोजनामा संचालित समुदायको चिन्तन बहस कार्यक्रम जिल्लाको बेलका नगरपालिका वडा नम्वर २ बेल्हामा आइतवार सम्पन्न भएको छ ।

नेपाल थारु पत्रकार संघ उदयपुर र रेडियो उदयपुरको सहकार्यमा उदयपुरको तिन वटा नगरपालिकामा कार्यक्रम संचालन भएको संस्थाको अध्यक्ष संजय चौधरीले बताउनुभयो । उहाका अनुसार जिल्लाको त्रिजुगा बेल्ट त्रियुगा,चौदन्ढि र बेलका नगरपालिकामा रहेको थारु समुदायको अवस्थाको बिषयमा बहस तथा छलफल भएको थियो । कार्यक्रममा युवाहरुले व्यवसायिक सिपमुलक कार्यक्रम,खेलकुद संचेतनामुलक कार्यक्रमहरु गाउँ गाउँमा आयोजान हुनु पर्ने माग गरेका छन् ।

थारु महिलाहरुमा नेतृत्व विकासको कमी रहेको वेलकाका उप प्रमुख राजकुमारी चौधरीले बताउनुभयो । युवाहरु आधुनिकतामा रमाउन थाल्दा आफना मौलिक र पौराणिक महत्व बोकोको सम्पदा र पहिचानहरु लोप हुने अवस्थामा रहेको  उहाँले बताउनुभयो । उहाँले युवाहरु अग्रसर सकृय भएर थारु समुदायको आर्थिक,समाजिक,सास्कृतिक र राजनैकि क्षेत्रलाई उकास्नकालागी एक जुट भएर अभियान चलाउनु पर्ने बताउनुभयो ।

थारु अग्रज अगुवाहरुले अहिलेको युवाहरु लागुपदार्थ दुव्र्यसनीमा फसेको,समुदायको मौलिक संस्कृति रितिरिवाज लाई पछ्याउन नसेकोले भाषा,धर्म सस्कृति लोप हुने अवस्थामा रहेको निष्कर्श निकालेका छन् । थारु समुदायको नाममा स्थापना भएको समाजिक संघ संस्थाहरुले समुदायको हक हितका निम्ती काम गर्नु पर्ने जनाएको छ ।

कार्यक्रममा बेलका नगरपालिकाका उपप्रमुख राजकुमारी चौधरी,थाकस बेलका नगर समिती तथा बेलका थारु संग्रहालयका अध्यक्ष मिश्रीकान्त चौधरी, नगर स्तरिय थारु उत्थान विकास समिती बेलकाका अध्यक्ष हरिनरायण चौधरी,थारु संग्रहलायका सदस्य संरक्षक तथा समाजसेजी नन्दिलाल चौधरी बेलका वडा नम्वर २ का वडा अध्यक्ष मिश्रीलाल चौधरी लगाएतले थारु समुदायको अवस्थाको बिषयमा बोलेका थिए ।

यस अघि श्रावन ४ गते त्रियुगा नगरपालिका र ११ गते चौदन्दिगढी नगरपलिका वडा न्मवर १० हडियामा बहस कार्यक्रम सम्पन्न भइसकेको छ । कार्यक्रमको सहजिकरण नेपाल थारु पत्रकार संघ उदयपुरका सचिव डिएन खोहरिया थारुले गरेका थिए ।