उदयपुरमा ८४ केजी अवैध गाँजा सहित दुई जना पक्राउ

0
265

उदयपुर । उदयपुरमा ८४ केजि गाँजा सहित दुई जना पक्राउ परेको छ । बुधवार विहान ५ बजेको समयमा उदयपुरगढी गाउँपालिका ७ ठुलो तिल्केनीबाट ४ बोरामा अन्दाजी ८४ केजी गाँजा सहित दुई जना पक्राउ परेको जिल्ला प्रहरी कार्यालय उदयपुरमा पत्रकार सम्मेलन गरी जानकारी दिइएको छ ।

पक्राउ पर्नेमा ताप्ली गाउँपालिका १ ओख्लेका २९ वर्षिय जयराम भन्ने पुष्पबहादुर मगर र सोही पालिका वडा नं. ३ इनामेका ४३ वर्षिय रामबहादुर तामाङलाई विशेष सुचनाको आधारमा पक्राउ परेको पत्रकार सम्मेलनमा जिल्ला प्रहरी कार्यालय उदयपुरका एसपी भिमबहादुर दाहालले जानकारी दिनुभयो । गाँजा ओसारपोसारमा अन्य पनि संलग्न भएकोले चाँडै पक्राउ पर्ने एसपी दाहालले बताउनुभएको छ ।