त्रियुगा नगरपालिकामा एकका लागि एक अभियानद्धरा राहत

0
313

उदयपुर । त्रियुगा नगरपालिमा एकका लागी एक अभियानले राहत वितरण गरिरहेको छ । प्रदेश १ को पुर्वी जिल्ला झापा बाट सुरु भएको अभियानले यती वेला उदयपुरमा राहत समाग्री वितरण गर्दैछ । सहारा नेपाल उदयपुरको समन्वय र त्रियुगा नगरपालिकाको सहकार्यमा राहत वितरण गरिरहेको छ ।

बुधवार जिल्लाको त्रियुगा नगरपालिमा वडा नम्वर २,४,१० र ११ वडा भित्र रहेको १५ अति विपन्न घर परिवारमा राहत वितरण गरेको अभियानता तथा सहारा नेपालका अनुगमन अधिकृत महेश तामाङले बताउनुभयो । कोरोना भाईरस कोभिड १९ ले उत्पन्न यस विषम परिस्थितिमा मुलुकमा लामो समय देखिको लकडाउनले दैनिक ज्याला मजदुरी गरी जिविकोपार्जन गर्ने परीवारलाइ कठिन भएको अवस्थामा राहत वितरण गरिरहेको उहाँले वताउनुभयो ।
कार्यक्रममा त्रियुगा नगरपालिका विपद व्यवस्थापन संयोजक तथा वडा नम्वर ४ को वडा अध्यक्ष सुवास निरौलाको प्रमुख उपस्थितीमा खाध्य समग्री वितरण गरेको हो ।
सो कार्यक्रममा सहारा नेपाल साकोस सेवा केन्द्र गाईघाटका शाखा प्रमुख खगेन्द्र श्रेष्ठले सेवा केन्द्रले संचालन गरीरहेको कार्यक्रम बारे जानकारी गराउनुभएको थियो । प्रति घर २५ केजि चामल,२ केजि दाल,१ लिटर तेल, २ केजि नुन,२ थान साबुन र क्यालेन्डर उपलब्ध गराईएको जानकारी प्रमुख श्रेष्ठले दिनुभयो । यो भन्दा अगाडी गत जेठ २३ गते शुक्रवार वडा नमवर १ को २० घर परिवारमा पनी राहत वितरण गरेको थियो ।

अभियान अन्तरगत अहिले सम्म १७ सय परिवारलाई राहत बितरण गरिसकिएको र चुल्हो नबल्ने बिपन्न १० हजार जनालाई खाना खुवाईएको साथै १ हजार थान आरडिटी र भिटिएम किट जिल्ला प्रशासन कार्यालय झापालाई उपलब्ध गराराएको र  बिराटनगर स्थित प्रादेशिक कोरोना अस्पतालाई १ महिनाको लागी खाध्यन्न समाग्री उपल्व्ध गराएको अभियानका संयोजक तथा सहारा नेपाल साकोसका कार्यकारी प्रमुख महेन्द्र कुमार गिरिले बताउनुभयो ।

त्यस्तै उहाँले १ नं प्रदेशका जिल्लाहरुमा कोरोना संक्रमित दिन दिनै बढ्दै गएकोले परिक्षणको दायारा बढाउनु पर्छ भन्दै
झापामा पिसिआर परिक्षण केन्द्र स्थापनाको लागी अभियानको १ करोड १५ लाख मध्ये १५ लाख प्रोगशाला स्थापनाको लागी छुट्याएकोमा देश तथा विदेशवाट समेत सहयोग भई २२ लाख माथी रहक सहयोग भएको बताउनुभयो ।

अभियानमा नेपाल रेडक्रस सोसाइटी ,राष्ट्रिय सहकारी बैंक,नेपाल औषधी ब्यवसायि संघ,सम्बाद समूह,नेपलिज टिन्स,अन्तराष्ट्रिय झापाली समाज,लायन्स क्लब बिर्तामोड,बिरता र सुरुङगा जेसिज परिवार,गैर सरकारि संस्था महा संघ,बिर्तामोड र गौरादह उद्योग बाणिज्य संघ,रोटीि क्लब बिर्तामोड,जिल्ला सहकारी संघ,मेचि पेट्रोलियम एसोसिएन,निर्माण ब्यवसायि संघ झापा लागाए अहिले सम्म अभियानमा दुई दर्जन भन्दा बढी संघ संस्थाहरुको साथ तथा सहकार्य रहेको छ ।