ओरेक नेपालद्धरा भुल्केवासीलाई राहत सहयोग

उदयपुर । उदयपुरको त्रियिगा नगरपालिका भुल्केका ४ओटा टोल बिकासका ८१ घरधुरिलाई राहत बितरण गरिएको छ ।
ओरेक नेपालको १सय ४० जना कर्मचारीको १ दिनको तलबबाट १ लाख ५० हजार बराबरको आर्थिक सहयोग गरि भुल्केका गर्भवती, सुत्केरी महिला, अशक्त तथा अपाङ्ग महिला र वृद्व गरि ८१ घरधुरी लाई शुक्रवार राहत बिरतण गरिएको हो ।

ओरेक नेपालले त्रियुगा नगरपालिका वडा नम्बर ३ वडा कार्यलय संगको सहकार्य गरेर राहत बितरण गरेको हो । राहतमा २५ केजि चामल, १ लिटर खाने तेल, १ केजि नुन, गेडागुडी, १ केजि सरफ, ६ ओटा साबुन, १ केजि चिनी बितरण गरेको ओरेक नेपालका जिल्ल्ल सयोजक सुनिता मैनालीले बताउनु भयो ।त्रियुगा नगरपालिका ३ का वडाध्यक्ष अब्देश चौधरीले राहत वितरणबाट लामो समय सिलमा परेर प्रभगावित बनेको जनजीवनलाई सहयोग पुगेको भन्दै आरेक टिमलाई धन्यावाद दिनुभयो ।