Wednesday, July 22, 2026
Homeप्रमुख समाचारउदयपुरमा ट्याक्टर पल्टिँदा चालकको घटनास्थलमै मृत्यु

उदयपुरमा ट्याक्टर पल्टिँदा चालकको घटनास्थलमै मृत्यु

उदयपुर,जेठ २७ गते । उदयपुरको लिम्चुङबुङ गाउँपालिका–१ र ३ को सिमानामा पर्ने सेतिढुङ्गा खहरे खोलामा आज बिहान ट्याक्टर दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यलय उदयपुरका अनुसार कात्तिकेबाट ढुङ्गा लोड गरी वडा नं. १ को कार्यालयतर्फ जाँदै गरेको म.प्र. ०१–००१ त २८४० नम्बरको ट्याक्टर खहरे खोलाको उकालो तथा भिरालो कच्ची सडकमा फसेको थियो। फसेको ट्याक्टर निकाल्ने क्रममा ब्रेक फेल भई अनियन्त्रित रूपमा पछाडि सर्दै सडकबाट करिब ५० मिटर तल खोलामा खसेर पल्टिएको थियो। दुर्घटनामा ट्याक्टर चालक लिम्चुङबुङ गाउँपालिका निवासी ३२ वर्षीय हिमाल राईको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। ट्याक्टरमा सवार २७ वर्षीय सहचालक प्रदीप राई भने सकुशल रहेका छन्। घटनाको जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय लिम्चुङबुङ र जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरी टोली घटनास्थल पुगेको थियो। दुर्घटनासम्बन्धी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

 

radioudayapur
ग्रामिण महिलाको नेतृत्वमा संचालित सामुदायिक रेडियो उदयपुर
RELATED ARTICLES
- Advertisment -
Google search engine

Most Popular