Tuesday, July 21, 2026
Homeसमाचारआजदेखि कक्षा १२ को परीक्षा सुरु, उदयपुरमा ४ हजार २१ परीक्षार्थी सहभागी

आजदेखि कक्षा १२ को परीक्षा सुरु, उदयपुरमा ४ हजार २१ परीक्षार्थी सहभागी

उदयपुर,२०८३ बैशाख १४ गते सोमबार । कक्षा १२ को परीक्षा आजदेखि सुरु भएको छ। उदयपुरको शिक्षा विकास तथा समन्वय इकाईका प्राविधिक सहायक मैनाकला लिम्बुका अनुसार जिल्लाका ६६ वटा विद्यालयबाट कुल ४ हजार २१ जना परीक्षार्थी सहभागी भएका छन्। तीमध्ये नियमिततर्फ ३ हजार ३६१ जना र आंशिकतर्फ ६६० जना रहेका छन्। परीक्षा सञ्चालनका लागि उदयपुरमा १५ वटा परीक्षा केन्द्र निर्धारण गरिएको छ। परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुनेछ भने वैशाख २७ गतेसम्म जारी रहनेछ। परीक्षामा कडा अनुशासन कायम गर्न केन्द्राध्यक्षबाहेक अरू कसैलाई पनि मोबाइल फोन लैजान निषेध गरिएको छ। परीक्षार्थीले परीक्षा हलभित्र मोबाइल, स्मार्ट घडी वा अन्य कुनै पनि इलेक्ट्रोनिक उपकरण लैजान पाउने छैनन्। यदि कसैले प्रतिबन्धित सामग्री लगेको पाइएमा सामग्री जफत गरी कानुनी कारबाही गरिने र मोबाइल प्रयोग गर्ने परीक्षार्थीको सबै विषयको परीक्षा रद्द गरिने चेतावनी दिएको छ। अपांगता भएका, कारागार वा बालसुधार गृहमा रहेका परीक्षार्थीका लागि परीक्षा दिने विशेष व्यवस्था मिलाइएको छ।

 

 

radioudayapur
ग्रामिण महिलाको नेतृत्वमा संचालित सामुदायिक रेडियो उदयपुर
RELATED ARTICLES
- Advertisment -
Google search engine

Most Popular