Tuesday, July 21, 2026
Homeप्रमुख समाचारउदयपुरमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

उदयपुरमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

उदयपुर,२०८३ बैशाख ८ गते मंगलबार । उदयपुरमा पछिल्लो समय सवारी दुर्घटनाका घटना बढ्दै गएका छन् । सडक सुरक्षाप्रति बेवास्ता र लापरवाहीका कारण यस्ता दुर्घटनाहरू दैनिकजसो दोहोरिन थालेका छन्। यसैक्रममा सोमबार उदयपुरको बेलका नगरपालिका–३ नयाँटोलमा बस र मोटरसाइकल एकआपसमा ठोक्किँदा एक जनाको ज्यान गएको छ। रामपुरबाट सातपत्रे गाउँतर्फ जन्ती लिन जाँदै गरेको प्रदेश ०१–०२–००२ ख ०१५८ नम्बरको बसले प्रदेश ०१–०२–०४५ प ८४४६ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो। जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी चिरञ्जिवी थापाका अनुसार दुर्घटनामा मोटरसाइकल चालक बेलका नगरपालिका–३ त्रिवेणी टोल निवासी रोमन बस्नेतको घटनास्थलमै मृत्यु भएको हो। उहाका अनुसार बसका चालक र सहचालक फरार रहेकाले खोजी कार्य भइरहेको र इलाका प्रहरी कार्यालय रामपुरबाट गएको टोलीले घट्नास्थलको कानुनी प्रक्रिया पूरा गरी शव पोष्टमार्टमका लागि अस्पताल पठाएको छ।

radioudayapur
ग्रामिण महिलाको नेतृत्वमा संचालित सामुदायिक रेडियो उदयपुर
RELATED ARTICLES
- Advertisment -
Google search engine

Most Popular