रेडियो उदयपुर, मंसिर १४ आईतबार । उदयपुरको त्रियुगा नगरपालिका–१०, बोक्से स्थित हिमालयन एकेडेमी बोर्डिङ रहेको कृष्ण पौडेलको घरमा आज बिहान तार सर्ट भएर आगलागी भएको छ। आगलागीले दुई तले घर, लत्ता–कपडा, गरगहना जलेर करिब ५० लाख रुपैयाँ बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यलय उदयपुरले जनाएको छ ।
हिमालयन एकेडेमीका संस्थापक कृष्ण पौडेलका अनुसार बिहान भान्साकोठाबाट खाना खाईसकेर बाहिर निस्कँदा माथिल्लो तलाको छेउको कोठाबाट आगो फैलिन सुरु भएको थियो। छरछिमेकसँग मिलेर आगो निभाउने प्रयास गर्दा पनि नियन्त्रणमा नआएपछि नगरपालिकाको दमकल, नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको सहयोगमा आगो नियन्त्रणमा ल्याइएको थियो। आगो नियन्त्रणमा आए पनि घर भने जलेर ध्वस्त भएको छ। घटनामा मानवीय वा चौपायको क्षति भने भएको छैन । वासिङ मेसिन र ग्यास सबै बन्द भएकोले तार सर्टकै कारण आगलागी भएको हुन सक्ने पौडेलको भनाई रहेको छ ।





