Tuesday, July 21, 2026
Homeप्रमुख समाचारलैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको अवसरमा ‘अन्वेषी’ वर्ष पुस्तिका सार्वजनिक

लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको अवसरमा ‘अन्वेषी’ वर्ष पुस्तिका सार्वजनिक

रेडियो उदयपुर, मंसिर १४ आईतबार । ‘व्यवस्था मात्र होइन, सोचमा गरौँ सुधार ः युवा महिला नेतृत्व नै सामाजिक रूपान्तरणको आधार’ भन्ने नारासहित लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानअन्तर्गत ‘महिला माथि हुने हिंसाको यथार्थता’ वर्ष पुस्तिका अन्वेषी आइतबार सार्वजनिक गरिएको छ।  महिला पुनस्र्थापना केन्द्र (ओरेक)को आयोजनामा र महिला मानव अधिकार रक्षक सञ्जालको सहकार्यमा ओरेक आधारस्थित तालिम केन्द्रमा आयोजित कार्यक्रममा महिलामाथि बढ्दो हिंसाका प्रकार, त्यसभित्रका कारण र समाधानका उपायबारे छलफल गरिएको थियो।
कार्यक्रममा ओरेक उदयपुरका संयोजक बाला कार्कीले चालू आर्थिक वर्षमा दर्ता भएका महिला हिंसाका घटनामध्ये घरेलु हिंसा सबैभन्दा बढी रहेको तथ्याङ्क प्रस्तुत गर्नु भएो थियो । जिल्ला प्रहरी कार्यालय उदयपुरका तथ्याङ्कले पनि घरेलु हिंसाका उजुरी नै उच्च रहेको पुष्टि गरेको छ। प्रदेशगत तथ्याङ्कअनुसार सातै प्रदेशमध्ये कोशी प्रदेश घरेलु हिंसाका घटनामा दोस्रो स्थानमा रहेको जानकारी कार्यक्रममा प्रस्तुत गरिएको थियो। पितृसत्तात्मक सोच, महिला–पुरुषबीचको असमान शक्ति सम्बन्ध, कानुन कार्यान्वयनको कमजोरी तथा महिलाको आर्थिक परनिर्भरतालाई हिंसा बढ्ने मुख्य कारणका रूपमा औँल्याइएको छ।
कार्यक्रममा त्रियुगा नगरपालिकाका उप–प्रमुख महेश्वरी राईले घरेलु हिंसा केवल पारिवारिक समस्या नभई समाजमा रहेको असमान शक्ति संरचना र पितृसत्तात्मक सोचको परिणाम भएको बताउनु भयो । उहाँले समुदायमा अझै पनि पितृसत्तात्मक सोच र कानुनी कार्यान्वयनको कमजोरीका कारण महिलामाथि हिंसा बढिरहेको बताउनु भयो ।
त्यसैगरी, प्रमुख जिल्ला अधिकारी धर्मराज जोशीले हिंसा म िहलमाा मात्र होइन पुरुषमाथि पनि हुने गरेको उल्लेख गर्दै, हिंसा केवल महिला वा पुरुषको मात्र समस्या नभई समग्र समाजको चुनौती भएको बताउनु भयो । उहाँले महिला–पुरुष दुवैले सुरक्षित र सम्मानजनक वातावरणमा बाँच्न पाउनु पर्ने भन्दै, हिंसा रोकथामका लागि समुदाय, संस्था र सरकारी निकाय सबै मिलेर सहयोगी भूमिका खेल्नुपर्नेमा जोड दिनु भयो । कार्यक्रममा महिला अधिकारकर्मी, पत्रकार, शिक्षक, विद्यार्थी, स्थानीय समुदायका नागरिक तथा विभिन्न संघ–संस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।

radioudayapur
ग्रामिण महिलाको नेतृत्वमा संचालित सामुदायिक रेडियो उदयपुर
RELATED ARTICLES
- Advertisment -
Google search engine

Most Popular