Wednesday, July 22, 2026
Homeकोशी प्रदेशडिजिटल हिंसा तथा दुव्र्यवहारविरुद्ध खुल्ला चित्रकला प्रतियोगिता सम्पन्न

डिजिटल हिंसा तथा दुव्र्यवहारविरुद्ध खुल्ला चित्रकला प्रतियोगिता सम्पन्न

रेडियो उदयपुर मंसिर १० गते बुधबार । बढ्दो रुपमा रहेको डिजिटल माध्यमबाट हुने हिंसा र दुव्र्यवहारबारे चित्रमार्फत सचेतना फैलाउने उद्देश्यले उदयपुरमा बुधबार खुल्ला चित्रकला प्रतियोगिता सम्पन्न भएको छ। लैङ्िगक हिंसा विरुद्धको १६ दिने अभियानको अवसरमा “प्रविधिको सही प्रयोग गरौँ, लैङ्गिक हिंसा अन्त्य गरौँ” भन्ने मूल नाराका साथ आयोजित प्रतियोगितामा विभिन्न विद्यालयका १० जना विद्यार्थीहरूले सहभागिता जनाएका थिए।
प्रतियोगितामा मोतिगडाको ईभरग्रिन बोर्डिङ स्कुल, चुहाडेको ब्रिलिएन्ट एकेडेमी, राजाबासको अम्बेवर जनता मावि, चुहाडेको जनज्योति माविका गरी जम्मा १० जना सहभागी थिए। सहभागि विद्यार्थीहरुलाई प्रमाणपत्र सहित पुरस्कार वितरण गरिएको महिला सशक्तिकरण स्रोत केन्द्रका कार्यक्रम संयोजक सुजता सुबेदिले जानकारी दिनु भयो ।
प्रतियोगितामा ईभरग्रिन बोर्डिङका किन्जल राई प्रथम, अम्बेवर जनता माविका निकिसा दनुवार द्वितीय, ईभरग्रिनकै स्मृति राई तृतीय भएका छन् । त्यस्तै, अम्बेवर जनता माविका अपेक्षा दनुवार र चुहाडेको ब्रिलिएन्ट एकेडेमीका ललिना भट्टराईले प्रोत्साहन पुरस्कार प्राप्त गरेका छन् भने ब्रिलिएन्ट एकेडेमीका तार्जन दनुवार, चुहाडे जनज्योति माविका रमित तामाङ, बसन्त तामाङ, अजमाबि राजाबासका आदिम दनुवार र अस्मिता दनुवारले सहभागीता पुरस्कार तथा प्रमाणपत्र प्राप्त गरेका छन्। उनीहरूले डिजिटल हिंसाका रूप, यसको मनो–सामाजिक प्रभावहरु आफ्ना सिर्जनात्मक चित्रहरूद्वारा प्रस्तुत गरेका थिए।
कार्यक्रममा महिला सशक्तिकरण स्रोत केन्द्रका कार्यकारी निर्देशक बन्दना दनुवारले डिजिटल माध्यमबाट हुने हिंसा र दुव्र्यवहार भनेको इन्टरनेट, मोबाइल, सामाजिक सञ्जाल, एसएमएस, इमेल वा अनलाइन अन्य डिजिटल साधन प्रयोग गरी कसैलाई मानसिक, सामाजिक वा मनोवैज्ञानिक रूपमा क्षति पु¥याउने कार्य भएको बताउनु भयो । उहाँका अनुसार पछिल्ला वर्षहरूमा सामाजिक सञ्जालमार्फत् हुने अपमानजनक टिप्पणी, अफवाह, गोपनीयता हनन, साइबर–बुलिङ, धम्की तथा डिप–फेकजस्ता प्रविधिमार्फत् गरिने दुव्र्यवहार मा उल्लेख्य वृद्धि भएको छ। यसप्रकारका घटना नियन्त्रण र रोकथामका लागि चित्रकला लगायतका सिर्जनात्मक माध्यमले समुदायमा सचेतना अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका खेल्ने बताउनु भयो । महिला सशक्तिकरण स्रोत केन्द्र, उदयपुरको आयोजनामा सञ्चालन कार्यक्रम त्रियुगा नगरपालिका–९,नवउदयटोल स्थित महिला सशक्तिकरण स्रोत केन्द्रको सभाहलमा सम्पन्न भएको थियो ।

radioudayapur
ग्रामिण महिलाको नेतृत्वमा संचालित सामुदायिक रेडियो उदयपुर
RELATED ARTICLES
- Advertisment -
Google search engine

Most Popular