Tuesday, July 21, 2026
Homeप्रमुख समाचारअबिरल वर्षाका कारण आएको बाढीमा हायस गाडी फस्दा १ जनाको मृत्यु

अबिरल वर्षाका कारण आएको बाढीमा हायस गाडी फस्दा १ जनाको मृत्यु

रेडियो उदयपुर, २०८२ असोज १९ गते आईतबार । सिन्धुलीको भिमानबाट मोरङतर्फ जाँदै गरेको बा ४ ख १६२८ नम्बरको हायस गाडी उदयपुरको वेलका नगरपालिका–४ लालबजारमा बाढीमा फस्दा एक जनाको मृत्यु भएको छ। आईतबार राति करिब १२ः२० बजे, मदन भण्डारी लोकमार्गअन्तर्गतको कल्भर्ट (कजवे) पार गर्ने क्रममा खोलामा आएको तीव्र बाढीले गाडीलाई करिब १५ मिटर बगाएर दक्षिणपट्टि फसाएको प्रहरीले जनाएको छ। घटनाको जानकारी पाएपछि जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक केदारमान दोङको नेतृत्वमा १५ जना र इलाका प्रहरी कार्यालय रामपुरठोक्सिलाबाट ११ जना गरी जम्मा २६ जना प्रहरी उद्धार कार्यमा खटिएका थिए। उक्त हायसमै सवार २२ जनामध्ये २१ जनालाई सकुशल उद्धार गरिएको भए पनि एक महिला बेपत्ता भएकी थिइन्। खोजतलासका क्रममा सिन्धुपाल्चोक मेलम्ची नगरपालिका बस्ने बद्री अधिकारीकी पत्नी ४० वर्षीया मञ्जु अधिकारी घट्नास्थलबाट करिब डेढ किलोमिटर दक्षिणमा कुटो गाउँको धानबारीमा मृत अवस्थामा फेला परेकी हुन्। गाडी चालक काभ्रे बनेपा नगरपालिका–१३ का ४१ वर्षीय राजु खड्कालाई प्रहरीले नियन्त्रणमा लिएर रामपुरठोक्सिला इलाका प्रहरी कार्यालयमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

radioudayapur
ग्रामिण महिलाको नेतृत्वमा संचालित सामुदायिक रेडियो उदयपुर
RELATED ARTICLES
- Advertisment -
Google search engine

Most Popular