अबिरल वर्षाका कारण खोलामा आएको बाढीले कार बगायो

0
127

रेडियो उदयपुर, २०८२ असोज १९ गते आईतबार । उदयपुरको बेल्टारबाट फत्तेपुरतर्फ जाँदै गरेको प्र ३–०१–०२२ च २३१३ नम्बरको कार खोलामा आएको बाढीले बगाएर क्षति पु¥याएको छ। उदयपुरको चौदण्डीगढी नगरपालिका–४ मेजर चौतारा नजिकको सुखा सुन्दरी खोलामा आइतबार बिहान करिब १ः४५ बजे बगाएको हो । लगातार वर्षाका कारण खोलामा आएको बाढीले कारलाई बगाएर सडकबाट करिब ५० मिटर पश्चिमतर्फ पु¥याएको प्रहरीले जनाएको छ। उक्त कार चालक मोरङको कटहरी गाउँपालिका–९ का ३५ वर्षीय जीवन कार्की सहित सवार ६ जना सबै सकुशल रहेको प्रहरीले जनाएको छ । घटनाको जानकारी पाएपछि प्रहरी चौकी बसाहाबाट गएको टोलीले तत्काल उद्धार कार्य गरी आईतबार बिहान ६ः३० बजे कारलाई पनि सुरक्षित स्थानमा निकालिएको जनाइएको छ ।