रेडियो उदयपुर, २०८२ असोज १९ गते आईतबार । उदयपुरमा खोलामा डुबेर शनिबार एक बालिकाको मृत्यु भएको छ । रौतामाई गाउँपालिका–३ पाकाना सैलेनी घर भई हाल त्रियुगा नगरपालिका–५ दमौती बस्ने उजन राईकी ३ वर्षीया छोरी रेबिका राईको खोलामा डुबेर मृत्यर भएको जिल्ला प्रहरी कार्यलय उदयपुरले जनाएको छ । प्रहरीका अनुसार शनिबार बिहान करिब ११ः०० बजे घर नजिकैको अम्बिका खोलामा खेल्ने क्रममा उनको खोलामा डुबेर मृत्यु भएको हो । स्थानीयले घटनाको जानकारी प्रहरीलाई टेलिफोनमार्फत दिएपछि प्रहरी टोली घटनास्थल पुगेर आवश्यक कानूनी प्रक्रिया पूरा गरेको जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।





