उदयपुर । शिरुवा पर्व तथा नव बर्ष २०८२ शुभकामना भेट कार्यक्रम सम्पन्न भएको छ ।
थारु परम्परागत खाना तथा संस्कृती संरक्षणका लागि युवा महिला भन्ने नारा संगै शिरुवा पर्व विशेष कार्यक्रम सम्पन्न भएको हो ।
विहिवार महिला शसक्तिकरण स्रोत केन्द्र उदयपुर र थारु युवा महिला संजालको आयोजनामा कार्यक्रम सम्पन्न भएको हो ।
थारु समुदायले बैशाख १ गते नयाँ वर्षको पहिलो दिन मनाइने शिरुवा पर्वको अवसर पारेर उक्त कार्यक्रमको आयोजना गरेको थियो । नयाँ वर्षको अवसरमा वर्षभरि सुखद, सुन्दर सौहार्दपूर्ण तथा शीतल र शान्त वातावरणमा परिवार र समाज अगाडि बढोस् । आफ्नो–आफ्नो कुल देवता तथा देवी, ग्राम देवता तथा अन्य देवीस्थल लगायत आफूभन्दा सानाको शीरमा उसको उज्वल भविष्यको कामना गर्न जुराएर पानी दिने परम्परा छ, यसैलाई जुरशीतल पर्व पनि भनिन्छ ।
कोशी प्रदेश सभाका उप सभामुख माननिय श्री सृजना दनुवारको प्रमुख आतिथ्यतामा शुभारम्भ भएको कार्यक्रममा थारु समुदायले मौलिक रुपमा प्रयोग गर्दै आइरहेको समाग्रीहरुको प्रर्दशनी गरेका थिए भने मौलिक थारु परिकारहरुले अतिथीहरुको स्वागत गरेका थिए ।
यस्तै कार्यक्रममा थारु मौलिक पहिचान झल्किने पौराणिक गित,नृत्यहरु समेत प्रस्तुत गरेक थए । कार्यक्रमको उद्धघाटन गर्नुहुदै प्रमुख अतिथी उपसभामुख मा.सृजना दनुवारले परम्परागत चाड पर्वहरु पुस्ता हस्तान्तण भए जस्तै नेतृत्व पनि युवा महिलाहरुमा हस्तान्तरण हुन आवश्यक रहेको बताउनुभयो । उहाँ सवै जातजातीको धर्म संस्कृतिको सम्मान गर्नुपर्ने बताउनुभयो । शिरुवा पर्वको अवसरमा बैशाख २ गते प्रदेश सरकारले सार्वजनिक बिदा दिने समेत बताउनुभयो ।
कार्यक्रममा उदयपुरका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद लुइटेल,जिल्ला प्रहरी कार्यलय उदयपुरका प्रहरी उपरिक्षक हरिहर नाथ योगी,त्रियुगा नगरपालिकाका निवर्तमान उप मेयर तथा थारु कल्याणकारणी सभा उदयपुरका उप सभापती देवी चौधरी,त्रियुगा नगरपालिका वडा नमवर ८ का वडा अध्यक्ष राजकुमार राउत,थारु कल्याणकारणी सभाका केन्द्रिय सदस्य शिवकान्त चौधरी,था.क.स पुर्व केन्द्रिय सदस्य रामवती चौधरी, गैसस महासंघ उदयपुरका उपाध्यक्ष सागर नेपाल,युएनएफपिएका राजकिशोर लगाएले शिरुवा पर्वको शुभकामना व्यक्त गरेका थिए ।
कार्यक्रम ओरेक आधारको प्रांगणमा कार्यक्रमको आयोजना गरिएको थियो ।