८ मार्चको अबसरमा युवा महिलाहरुको प्रश्न जनप्रतिनिधिहरुलाइ

0
5

उदयपुर ।             आज ११५ आंै अन्तरराष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा उदयपुरका जनप्रतिनिधिलाई युवा महिलाहरुले “बिबाहको उमेरहद २० बर्ष नै कायम होस” के यो बिषयमा तपाइले बोल्नु भयो ? भनि एस एम एस मार्फत प्रश्न सोधेका छन् ।
बालिकाको लागिः अधिकार, समानता र सशक्तिकरण भन्ने मुल नाराका साथ देशभरिनै दिवस मनाइरहदा युवा महिलाहरुले पनि हाल चलिरहेको विषय विवाहको उमेरहद १८ बर्षमा झार्ने प्रस्ताव विरुद्ध एस एम एस मार्फत एउटै प्रश्न पठाएका छन् । यस बिषयमा प्रदेश तथा संघमा रहेका सम्पुर्ण माननीयहरुको ध्यानाकर्षण गराउने उदेश्यले यो अभियान चलाईएको महिला सशक्तिकरण स्रोत केन्द्र, उदयपुरका कार्यकारी निर्देशक बन्दना दनुवारले जानकारी दिनुभएको छ ।
जिल्लाको आठ वटै स्थानिय तहमा महिला सशक्तिकरण स्रोत केन्द्र द्धारा गठन भएको युवा महिला सन्जालको ५५ जना युवा महिलाहरुले एस एम एस मार्फत प्रश्न पठाएका छन् । उदयपुर जिल्लाबाट निर्वाचित कोशि प्रदेशका आठ जना माननिय ज्यु हरु, दुई जना संघका माननीय ज्युहरुलाइ र पालिकाको प्रमुख र उपप्रमुख हरुलाइ एस एम एस मार्फत प्रश्न पठाएका छन् । “बिबाहको उमेरहद २० बर्ष नै कायम होस” के यो बिषयमा तपाइले बोल्नु भयो ? भनि एस एम एस मार्फत प्रश्न सोध्दै यस विषयप्रति चासो बढाउनका लागि ८ मार्चको अवसरमा यो अभियान सन्चालन गरीएको महिला सशक्तिकरण स्रोत केन्द्र उदयपुरका कार्यक्रम संयोजक सुजाता सुबेदीले बताउनु भयो ।
युवा महिलाहरुले एउटै प्रश्न एस एम एस र फेसबुकमा पोष्ट गर्दै विवाहको उमेरहद २० बर्षनै कायम हुनुपर्ने कुरा माग गरेका छन् ।
महिलाहरुले नेतृत्व गर्ने अवसर प्राप्त भएमा उनिहरुले सशक्त रुपमा हरेक क्षेत्रमा नेतृत्वदायि भूमिका निर्वाह गर्दै समाजमा स्थापित विभेदकारी मूल्य मान्यता र असमान शक्ति सम्बन्धलाई चुनौती दिंदैं सामाजिक रुपान्तरणको अगुवाई गर्न सक्नेछन् भन्ने मान्यता राख्दै सशक्तिकरण स्रोत केन्द्रले निरन्तर रुपमा अभियानहरु सन्चालन गर्दै आइरहेको छ । यसैगरि महिलाको शिक्षा, स्वास्थ्यको अधिकार, महिलाको काम र कामका लागि स्वतन्त्रताको अधिकार, उमेर नपुगि गरिने बिवाहको विरुद्ध अभियानमूलक कार्यक्रमहरु सञ्चालन गर्दै आईरहेको छ ।