Tuesday, July 21, 2026
Homeप्रमुख समाचारपहिलो दनुवारी खाना तथा सास्कृतिक उत्सब भब्य रुपमा सम्पन्न

पहिलो दनुवारी खाना तथा सास्कृतिक उत्सब भब्य रुपमा सम्पन्न

उदयपुर । पहिलो दनुवारी खाना तथा साँस्कृतिक उत्सब २०८१ सम्पन्न भएको छ । उदयपुरको त्रियुगा नगरपालिका ८ राजाबास बैरेनी चौरमा उत्सब भब्य रुपमा सम्पन्न भएको हो ।
उत्सबको पहिलो दिन शुक्रबार दनुवार समुदायको साझा पर्वको रुपमा रहेको “न्वाङी पर्व” मंसीर २५ मा मनाउने घोषणा गरिएकोे छ । आफनो प्रमुख पर्वको रुपमा “न्वाङी पर्व” लाई मनाउदै आइरहेको थियो तर कहिले मनाउने भन्ने विषयमा अन्योल रहेका समुदायले उत्सवको अवसरमा पर्वलाई राष्ट्रिय चाडको रुपमा हरेक बर्ष मंसीर २५ लाई “न्वाङी पर्व” पर्व मनाउने आधिकारीक घोषणा गरेको छ ।

कोशि प्रदेशका उप सभामुख सृजना दनुवारले “न्वाङी पर्व” संरक्षण ,प्रर्बद्धन गर्न प्रदेश सरकार समक्ष पेश गर्ने बताउनुभयो । यस्तै दनुवार समुदायको बाहुल्य रहेको त्रियुगा नगरपालिकामा मंसिर २५ लाई स्थानिय बिदाको व्यवस्थापन सहयोग गर्ने त्रियुगा नगरपालिकाका उप प्रमुख महेश्वरी राईले बताउनु भयो ।
कोशि प्रदेशका उप सभामुख सृजना दनुवारको प्रमुख आतिथ्यता र त्रियुगा नगरपालिका उप प्रमुख महेश्वरी राई,पाचखाल नगरपालिका उप प्रमुख सुर्यमाया दनुवार,त्रियुगा नगरपालिका वडा नम्वर ७ का वडा अध्यक्ष अमर बहादुर दनुवार,वडा नम्वर ८ का वडा अध्यक्ष राजकुमार राउत,वडा नम्वर ९ का वडा अध्यक्ष राजकुमार दनुवार र दनुवार अभियान्ता,विभिन्न जातिय संघ संस्थाका प्रतिनिधीहरु विच “न्वाङी पर्व” लाई मंसीर २५ मा साझा रुपमा मनाउने घोषणा गरेको हो ।
त्यस्तै उत्सबमा दनुवार समुदायको मौलिक नृत्य प्रथम रामदल नृत्य प्रतियोगिताको आयोजना गरिएको थियो जसमा बैरेनी टोल विकास संस्था प्रथम , झिल्केटोल टोल विकास संस्था द्धितिय , खपडाटोल विकास संस्था तृतिय र डिपुटोल विकास संस्था सान्त्वना भएको थियो । प्रथम,द्धितिय,तृतिय र सान्त्वना स्थान हासिल गर्न सफल भएका समुहहरुले क्रमशः १२ हजार,१० हजार,८ हजार र ६ हजारका दरले नगद तथा प्रमाण पत्र प्राप्त गरेका छन् ।
प्रतियोगितामा सहभागी एकता महिला समुह गुन्टे,दनुवारी टोल विकास संस्था असारी,चौकीवारी टोल विकास संस्था,मथानेटोल विकास संस्थाहरुलाई समेत प्रमाण प्रत्र प्रदान गरिएको थियो । विजेताहरुलाई कोशि प्रदेश उप सभामुख माननिय सृजना दनुवारले पुरस्कार वितरण गुर्नभएको थियो ।


उत्सबमा दनुवार जातीले माछा मार्न प्रयोग गर्ने ढोडिया, थुन्से, ओछ्याउने चट्टाई गुन्द्री लगायतका सामग्री प्रदर्शनीमा राखिएको थियो । त्यसैगरी १५ वटा दनुवारी खानाका स्टलहरु राखिएको थियो जसमा वगिया रोटी, अण्डीको निगार, माछाको पुसुना, गंगटाको रोष्ट, तोतेलाको अचार, केरा र बुङ्गाको अच ार, राँगाको सुकुटीको मुसुवा, कुखुराको मासुको अचार, वनभाग, घोङी राखिएको थियो । त्यस्तै चिचौरी, सेलरोटी, अण्डीको चिचिउरी, पिनाको सिटन, वर्मीको सिटन, गुन्द्रकु, मस्याङ लगायतका परिकार महोत्सवको आकर्षणको रुपमा रहेको थियो ।


महिला सशत्तिकरण स्रोत केन्द्र उदयपुर, दनुवार महिला समाज सुधार संघ, दनुवार जागरण समिति, नेपाल दनुवार समाज उदयपुर, आदिम कला केन्द्र, बैरेनी टोल विकास संस्थाको संयुक्त आयोजनामा गरिएको उत्सबमा दनुवार जातीको भाषा, धर्म संस्कार र संस्कृतिको जगेर्ना गर्ने उद्देश्यले आयोजना गरिएकोे जनाईएको छ ।
उत्सबमा दनुवार जातिहरुको विभिन्न जातिय झाकी,संगिनि नृत्य,राष्ट्रिय तथा स्थानिय कलाकारहरुको सांस्कृतिक प्रस्तुती,सहित समापन भएको आयोजकले जनाएको छ ।

 

radioudayapur
ग्रामिण महिलाको नेतृत्वमा संचालित सामुदायिक रेडियो उदयपुर
RELATED ARTICLES
- Advertisment -
Google search engine

Most Popular