पहिलो दनुवारी खाना तथा साँस्कृतिक उत्सब २०८१ भोलि देखि सुरु

0
15

उदयपुर । पहिलो दनुवारी खाना तथा साँस्कृतिक उत्सब २०८१ भोलि देखि सुरु हुने भएको छ । पहिलो दनुवारी खाना तथा साँस्कृतिक उत्सबको सम्पुर्ण तयारी पुरा भएको आयोजकले जनाएको छ ।

दनुवार जातिको बिशेष सांस्कृतिक पहिचान र खानाको संरक्षणको लागि सहयोग पुर्याउने उदेश्यले पहिलो दनुवारी खाना तथा साँस्कृतिक उत्सब यहि फागुन ९ र १० गते दुई दिन हुने जनाएको छ ।

कोशि प्रदेश उपसभामुख माननिय सिर्जना दनुवारको प्रमुख आतिथ्यता रहने उत्सवमा रामदल नृत्य प्रतियोगिता, दनुवारी खाना परिकार, दनुवारी झाँकी तथा सांस्कृतिक प्रस्तुति साथमा लोक स्टार बिनोद दनुवार र स्थानिय कलाकारहरुको बेजोड प्रस्तुति,दनुवारी पहिचान झल्कने सामाग्रिहरुको प्रदर्शनीहरु रहने महिला सशक्तिकरण स्रोत केन्द्रका कार्यकारी निर्देशक बन्दना दनुवारले जानकारी दिनुभएको छ  ।

रामदल नृत्य प्रतियोगितामा प्रथम हुनेलाई रु १२ हजार, प्रमाण पत्र, द्धितिय हुनेलाई रु १० हजार र प्रमाण पत्र,तृतिय हुनेलाई रु ८ हजार र प्रमाण पत्र त्यसैगरि सान्तवना  रु ६ हजार र प्रमाण पत्र प्रदान गरिने जनाएको छ।

महिला सशक्तिकरण स्रोत केन्द्र उदयपुर, दनुवार महिला समाज सुधार सङ्घ, दनुवार जागरण समिती, नेपाल दनुवार समाज उदयपुर, आदिम कला केन्द्र र बैरेनि टोल बिकास सस्थाको आयोजनामा पहिलो दनुवारी खाना तथा साँस्कृतिक उत्सब हुने भएको हो ।

जसमा मिडिया पाटनरहरु रेडियो उदयपुर,खुलासा मिडिया प्रालि र आदिम मिडिया ग्रुप प्रालि रहेको छ ।  उत्सब उदयपुरको त्रियुगा नगरपालिका–८ राजाबास,बैरेनी चौरमा हुने भएको हो ।