बिराटनगरमा यौन तथा प्रजनन् स्वास्थ्य मेला सम्पन्न

0
11

उदयपुर । कोशी प्रदेशको बिराटनगरमा यौन तथा प्रजनन् स्वास्थ्य मेला सम्पन्न भएको छ ।ओरेक नेपालले असोज ७ र८ गते दुई दिन यौन तथा प्रजनन् स्वास्थ्य मेलाको आयोजना गरिएको थियो । कोशी प्रदेश सभाका उप सभामुख माननिय सृजना दनुवारको प्रमुख आतिथ्यतामा मेला सम्पन्न भएको थियो ।

समुदाय तहमा रहेका यौन तथा प्रजनन् स्वास्थ्य सवालको पहिचान गरी महिलावादी दृष्टिकोणबाट व्याख्या विश्लेषण गर्ने, महिला तथा पछाडि पारिएका समुदायलाई यौन तथा प्रजनन् स्वास्थ्य सेवाहरु विशेष गरी कृत्रिम गर्भधारणको सम्बन्धमा सबै सरोकारवालाहरु बीच समान बुझाई स्थापित गरी यसमा सबैको सहज पहुँचको अधिकार सुनिश्चितता लागि भएको प्रणालिगत अवरोधहरुको पहिचान तथा नीतिगत पैरवी गर्ने उद्देश्यले यस मेलाको आयोजना गरिएको ओरेक नेपालका अध्यक्ष सविता पोखरेलले बताउनुभयो ।

साथै कार्यक्रमको दोस्रो दिन विश्व आवधिक समिक्षा (युपिआर) को चौथो चरणको प्रतिवेदन तयारीका लागि कार्यशाला सम्पन्न गरिएको थियो । महिला तथा युवाको नेतृत्वको सवाल, यौन तथा प्रजनन् स्वास्थ्यको सवाल, महिला मानव अधिकार रक्षकहरुमाथि भएको हिंसा तथा जोखिमको सवालमा जोड दिएर यसको सम्बन्धका सुझाव संकलन गर्ने कार्यशालाको मुख्य उद्देश्य रहेको थियो ।

कार्यक्रममा कोशी प्रदेशका माननीय उपसभामुख, माननीय सांसदहरु, मानव अधिकार आयोगका प्रतिनिधिहरु, स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरु, सामुदायिक संघ संस्थाका प्रतिनिधिहरु, महिला मानव अधिकार रक्षकहरु, सामुदायिक संघ संस्थाका प्रतिनिधिहरु र सामाजिक रुपान्तरणमा आस्था राख्ने अधिकारकर्मीहरु, सञ्चारकर्मीहरु सहित मोरंग, सुनसरी, झापा, धनकुटा, उदयपुर लगायतका जिल्लाहरुबाट १ सय ५० जना भन्दा बढीको सहभागिता रहेको थियो ।