उदयपुर । साना किसान सहकारी संस्था त्रियुगा नगरपालिका ५ देउरीको २१ औँ बार्षिक साधारण सभा सम्पन्न भएको छ । शुक्रवार आफनै कार्यलय परिसरमा साधारण सभा सम्पन्न भएको हो ।
त्रियुगा नगरपालिका वडा नम्वर १,१५र १६ बाहेक सवै वडामा कार्यक्षेत्र भएको सहकारीको २ हजार ४ सय २० सदस्य रहेको छ । कार्यक्रममा उत्कृष्ट समुह,कृषक,कर्मचारी,जेष्ठ नागरिक लाई सम्मान गरेको थियो ।
कोशी प्रदेश सभाका उप सभामुख माननिय श्री सृजना दनुवारको प्रमुख आतिथ्यतामा कार्यक्रमको उद्धघाटन गरिएको थियो ।