उदयपुर । रुपान्तरणका लागि रुपान्तरित नेतृत्व बिषयक दुई दिने तालिम सम्पन्न भएको छ । ओरेक नेपाल र तरङ्गिणी फाउन्डेसनको आयोजनामा संचालन भएको उक्त तालिम शुक्रवार सम्पन्न भएको हो ।
तालिममा समुदायका महिलाहरुलाई महिलाबाद,पितृसत्ता,रुपान्तरण, रुपान्तरित नेतृत्व र रुपान्तरित नेतृत्वको महत्व रुपान्तरित नेतृत्वको समुदायमा भूमिका स्थानीय तह सङ्गको सम्बन्ध जस्ता बिषयमा छलफल गरिएको थियो ।
महिलाबादी आन्दोलन निरन्तरताको लागि यस तालिमले थप उर्जा प्रदान गरेको सहभागीहरुले बताएका छन् । आफ्नो समुदायमा रहेका जुनसुकै सबालहरुमा शसक्तरुपमा आवाज उठाउने र सम्बोधनका लागि निरन्तर पहल गर्ने क्षमता अभिबृद्धि भएको सहभागीहरुले जनाएको छ ।
तालिमको सहजिकरण डा.बिन्दा पाण्डे र ओरेक नेपालका कार्यकरी निर्देशक सुनिता मैनालीले गर्नुभएको थियो । श्रावण १७ र १८ गते दुई दिन तालिम त्रियुगा नगरपालिका वडा नम्वर ९ मा रहेको ओरेक आधारको सभाहलमा संचालन भएको थियो ।