Wednesday, July 22, 2026
Homeप्रमुख समाचाररेडियो उदयपुरले १६ औँ बार्षिक उत्सव बक्तृत्वकला प्रतियोगिता गरि मनाइयो

रेडियो उदयपुरले १६ औँ बार्षिक उत्सव बक्तृत्वकला प्रतियोगिता गरि मनाइयो

उदयपुर । सामुदायिक रेडियो उदयपुरले आफनो १६ औँ बार्षिक उत्सव “महिला अधिकार समृद्धीको सार ”शिर्षकमा बक्तृत्वकला प्रतियोगिताको आयोजना गरि मनाइएको छ ।

आफनो १६ औँ बार्षिक उत्सवर छैठौ राष्ट्रिय महिला अधिकार दिवसको अवसर पारेर रेडियो कार्यलयमै प्रतियोगिताको आयोजना गरि मनाइएको हो ।

प्रतियोगितामा सहभागी मध्ये त्रियुगा नगरपालिका ३ भुल्केका रन्जु चौधरी प्रथम,त्रियुगा नगरपालिका १६ साहिखोलाका बिना विश्वकर्मा द्धितिय र त्रियुगा नगरपालिका ९का एक्सिला दनुवार तृतिय र पुजा चौधरी सान्त्वना भएका थिए ।क्रमशः बिजेताहरुलाई आकार्षक पुरस्कार र प्रमाण पत्रले सम्मान गरेको थियो ।

महिला सशक्तिकरण श्रोत केन्द्र उदयपुर द्धरा सञ्चालित सामुदायिक रेडियो उदयपुर १०२ थोप्लो ४ मेगाहर्ज आजदेखी देखि १५ वर्ष पुरा गरी १६ औं वर्षमा प्रवेश गरेको छ ।

महिलाहरुको सूचनामा पहुँच र सञ्चारको माध्यमबाट महिलाहरुलाई सशक्त बनाई सामाजिक परिवर्तन र विकासमा सहयोग पुर्याउने उद्देश्यले सुरु गरिएको रेडियो उदयपुर प्रथम गणतन्त्र दिवसको अवसर पारेर २०६६ साल जेठ १६ गते विधिवत रुपमा सञ्चालन भएको हो ।

रेडियो उदयपुर महिलाहरुद्धारा संचालित नेपालको तेस्रो रेडियो हो । यस रेडियोले समुदाय तह देखि महिलाको अनुभवमा केन्द्रित सुचना प्रवाह गर्दै सामाजिक रुपान्तरणका लागि काम गर्दै आइरहेको रेडियोका स्टेश्न म्यानेजर बन्दना दनुवारले बताउनुभयो ।

उहाँले विशेषगरी स्थानिय महिलाको भोगाई, अनुभव, सीप र ज्ञानमा आधरीत प्राप्त÷संकलीत सुचनाहरुको युवा महिलाहरु द्वारा संचालित संचारको माध्यमबाट महिला, युबा, किशोरीहरुको निर्णायक भूमिका बाट प्राप्त हुन सक्ने उपलब्धिहरुलाई अगाडि ल्याउँदै समुदाय तह देखि नै पाखा लगाईएका महिलाहरुको न्यायमा पहँच बढाउने लक्ष्यका साथ संरचनागत तवरले नै पछाडिपारिएका युवा महिलाहरुको नेतृत्व विकास तथा समुदायमा सुचना माथिको पहुँचमा बृद्धि गर्दै महिलाहरुको सशक्तिकरण लागि सहजिकरण गर्ने उद्देश्यले निरन्तर रुपमा काम गर्दै आइरहेको छ ।


उदयपुरको त्रियुगा नगरपालिका वडा न ९ राजाबास, नबउदयटोलमा रहेको रेडियो अहिले दैनिक १७ घण्टा प्रशारणमा रहेको छ ।

 

radioudayapur
ग्रामिण महिलाको नेतृत्वमा संचालित सामुदायिक रेडियो उदयपुर
RELATED ARTICLES
- Advertisment -
Google search engine

Most Popular