कटारी ४ मथिल्लो तित्रिबोट सालघारीका बासिन्दा बर्षौ देखि सडक बाटोको समस्या झेल्दै

0
170

उदयपुर । उदयपुरको कटारी नगरपालिका ४ माथिल्लो तित्रिबोट सालघारीका बासिन्दा बर्षौ देखि बाटोको समस्या झेल्दै आइरहेका छन् ।

आवत जावत गर्न बाटोनै नभए पछी तेहाँका स्थानियको जनजिवन निकै कष्टकर पुर्ण रहेको छ ।
मान्छे मर्दा लासलाई घाट सम्म लैजानलाइ पनी समस्या रहेको स्थानिय रिता दनुवार बताउनुहुुन्छ ।तित्रिबोट बोट माथी ७,८ घर रहेका उनिहरुको बाटो नभएकै कारण बालवालिकालाई विद्यालय सम्म आउन जान पनी समस्या हुने गरेको अर्का स्थानिय लाल कुमारी तामाङ दनुवारले पनी उस्तै गुनासो सुनाउनु हुन्छ ।

बेला नेताहरु आएर बाटो बनाइदिने आशवासन दिने तर चुनाव जितेर गईसकेको पछी आफुहरुको कुराको कुनै सुनुवाई नहुने गरेको स्थानिय भिम दनुवार बताउनु हुन्छ । उनीहरुरको तल्ल तित्रिवोटमा मात्र बिकास निमार्ण काम गर्ने गरेको गुनासो गर्नुहुन्छ । हाम्रो समस्याहरुलाई यहाँका जनप्रतिनिधीहरुले बेवास्ता गर्ने गरेको बताउछन् ।

यस्तै यो विषयमा स्थलगत रुपमा रहेका वडा ४ का वडा सदस्य चन्द्र माया खड्काले एक चोटी बाटो खन्न जेसीबि पनी पठाएको तर जग्गा विवादले गर्दा बाटोनै नखनी जानु परेको बताउछन् ।

यता स्थानियहरु भने पुरनै ट्रयाक लाई सम्यार बाटो लैजान कुनै समस्या नरहेको दावि गर्छन । उनीहरुले हाम्रो लागी याहाँका जनप्रतिनिधीहरु बाटो खन्न चासोनै दिने नगरेको बताउछन् । बाटो नहुदा स्थानियको जनजिवनमा प्रत्यक्ष प्रभाव परेको छ ।