Wednesday, July 22, 2026
Homeप्रमुख समाचारलैंगिक हिंसा बिरुद्धको अभियान अन्तर्गत कटारी ४ जहडी सिम्लेमा समुदाय संग छलफल 

लैंगिक हिंसा बिरुद्धको अभियान अन्तर्गत कटारी ४ जहडी सिम्लेमा समुदाय संग छलफल 

कटारी ,उदयपुर । ३२ औँ अन्तराष्ट्रिय १६ दिने लैंगिक हिंसा बिरुद्धको अभियान अन्तरर्गत समुदाय संग छलफल गरिएको छ । बिहिवार उदयपुरको कटारी नगरपालिका ४ सिम्लेका स्थानिय किशोरी,अभिभाव संग यौन तथा प्रजनन् स्वास्थ्य र उमेर नपुगि गरिने बिवाहको न्युनिकरणको बिषयमा छलफल गरिएको हो ।

“लैंगिक हिंसा बिरुद्धको अन्त्यको सुनिश्चितताःमहिला बालवालिकामा लगानीको ऐक्यवद्धता” नारा संगै महिला सशक्तिकरण स्रोत केन्द्र उदयपुरको आयोजना र युवा महिला संजाल कटारीको नेतृत्वमा छलफल तथा अन्तरक्रिया गरिएको हो ।

सहभागीहरुले यौन तथा प्रजनन् स्वास्थ्य अधिकारको बिषय अव खुल्ला रुपमा छलफलमा आउनु पर्ने बताएका थिए । यौन तथा प्रजनन् स्वास्थ्यको बिषयमा अभिभावक आफना बालवालिका र शिक्षक विद्यार्थीहरु बिच यो बिषयमा खुलेर शैक्षिक बतावरण निमार्ण गर्न नसक्दा लाजको बिषय बन्न पुगेको सहभागीहरुले निश्कर्ष निकालेका थिए ।

सहभागीहरुले मोवाइलको गलत प्रयोग गरेका कारण पनी पछिल्लो समय ठगी तथा हिंसाका घटनाहरु घटने क्रम बढदो रहेको बताएका थिए । उनीहरुले समुदाय स्तरबाटनै किशोर किशोरीहरुलाई लैगिक समानता,समावेशी,समाजिक संजालको प्रयोग,वालविवाह न्युनिकरणको सवाल र यौनिकताको बिषयमा सचेतना मुलक कार्यक्रमरुमा जोड दिनु पर्ने बताए ।

कार्यक्रममा कटारी नगरपालिका वडा नम्वर ४ का वडा अध्यक्ष भुपेन्द्र सिंह तामाङ, ,वडा सदस्य चन्द्रमाया खड्का,वडा सदस्य सरस्वती विक, वडा सदस्य जिवराज थापा,सामुदायिक मनोसमाजिक परामर्शकर्ता किशोरा कोइरला,राष्ट्रिय सामुदायिक महिला स्वास्थ्य स्वमसेविका जानुका खड्का,आधारभुत विद्यालय जहडी सिम्लेका शिक्षक पदम बहादुर कार्की, स्थानिय कोशोरीहरु,अभिभावक,टोल विकास सस्थाका प्रतिनिधी लगाएको उपस्थिती रहेको थियो ।

कार्यक्रमको सहजिकरण महिला सशक्तिकरण स्रोत केन्द्रका कार्यक्रम अधिकृत सुजता सुवेदीले गरेका थिए भने कटारी युवा महिला संजालका संयोजक बविता खड्को अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।

radioudayapur
ग्रामिण महिलाको नेतृत्वमा संचालित सामुदायिक रेडियो उदयपुर
RELATED ARTICLES
- Advertisment -
Google search engine

Most Popular