उदयपुर,डिएन चौधरी । उदयपुरमा प्रथम उदयपुर एक्स्पो(उदयपुर महोत्सव) हुने भएको छ । आउदो माघ २६ गते देखी फाल्गुन ६ गते सम्म जिल्ला उधोग बाणिज्य संघ उदयपुरको आयोजनामा त्रियुगा नदी किनारमा एक्सपो मेलाको आयोजना हुन लागेको हो ।
संघले बुधवार गाईघाटमा रहेको होटेल आर एनमा पत्रकार सम्मेलनको आयोजना गरी उदयपुर एक्स्पोको औपचारिक तयारीको बारेमा जानकारी गराएको हो ।
कोभिड १९ प्रभावित अर्थतन्त्रलाई पुनरुत्थानमा सहयोग गर्नुपर्ने आवश्यक्तालाई महशुस गरी “कृषि,वन पर्यटन,कला संस्कृति, उधोग र ब्यापारःउदयपुरको पहिचान ,समृद्धिको आधार” भन्ने मुल नाराका साथ यस उदयपुर एक्स्पो २०८० को आयोजना गर्न लागिएको संघका अध्यक्ष चुडामणी कार्कीले बताए ।
१० दिन सम्म संचालन हुने एक्स्पो(महोत्सव) जिल्लाको सदरमुकाम त्रियुगा नगरपालिकाको गाईघाटमा अवस्थित बसपार्कको दक्षिण तर्फ त्रियुगा सम्यतासंग जोडिएको पवित्र त्रियुगा नदी किनारमा आयोजन गर्न लागएिको संघका महा सचिव सुनिल साहले बताए । उनले खासगरी कृषि,हस्तकला,फूल खेती,मौरी पालन,कुखुरा पालन,पशुपंक्षी पालन,घरेलु साना मझैला तथा ठुला उधोगका उत्पादनमा आधारित पर्यटन र निर्यातयोग्य नेपाली उत्पादनमा हाम्रो ध्यान केन्द्रित रहेको बताए ।
संघका मेला महोत्सव व्यवस्थापन समितीका संयोजक प्रदिप देउजाका अनुसार एक्स्पोमा व्यपार मेला,पर्यटन उधोगको प्रवद्र्धन,कृषि उधोग प्रवर्धन,उदयपुर एवं नेपाल मेड बस्तुको प्रवद्र्धन,लागुऔषध दुव्र्यसनी बारे जनचेतना कार्यक्रम,विभिन्न सवालमा सम्मेलन,सास्कृतिक कार्यक्रम,हस्तकलाको प्रवद्र्धन,माछापालन,पुष्पखेती,पशुपंक्षी पालन,सुन्तला जातका फलफूल खेतीको प्रवद्र्धन ,महिला उद्दमशिलता र खाना महोत्सव समावेश गरिने जनाएको छ । यस्तै एक्स्पो मेलामा डुङ्गा÷राफिटङ/प्यागलाईडिङ,जिल्लास्तरीय युगल गीत र दोहरी गायन प्रतियोगिता,भलिवल,ढिलो साइकल डौड लगाएतको प्रतियोगिता समेत गरिने जनाएको छ ।
एक्स्पोमा दुई लाख आगन्तुक भम्रण गर्नें लक्ष्य राखिएको छ भने २ सय वटा स्टल राखिने छ । स्टलका लागी माघ ५ गते सम्म रिजर्भेसन गर्न सकिने आयोजकले जनाएको छ । प्रथम उदयपुर एक्स्पोको बजेट १ करोड ५१ लाख अनुमान गरिएको छ ।