नवउदय टोल विकास संस्थाद्धरा वडा स्तरीय हाजिरी जवाफ प्रतियोगितामा

0
210

उदयपुर । नवउदय टोल विकास संस्थाद्धरा वडा स्तरीय हाजिरी जवाफ प्रतियोगितामा सम्पन्न भएको छ । उदयपुरको त्रियुगा नगरपालिका वडा ९ स्तरीय अन्तर टोल विकास संस्थाको हाजिरी जवाफ प्रतियोगितामा नवउदय टोल विकास संस्था प्रथम भएको छ । शनिवार नवउदय टोल विकास संस्थाको आयोजनामा सम्पन्न प्रतियोगितामा आयोजक टिमले प्रथम स्थान हासिल गरेको हो ।

“नवउदय टोल विकासको आह्वान,बाल वालिकाहरुलाई गरौँ प्रोत्साहण” मुल नाराको त्रिपुरेश्वर माहादेव मन्दिर परिसरमा भएको हाजिरी जवाफ प्रतियोगितामा वडा नं.९का बिभिन्न १४ वटा टोल विकास संस्थाहरुले प्रतिस्पर्धामा सहभागित जनाएको थिए ।

कार्यक्रममा वडा क्षेत्रमा रहेका बिभिन्न विद्यायलयहरुबाट कक्षा १ देखि ९ सम्मका विद्यार्थीहरुले प्रत्यक्ष सहभागिता जनाएको नवउदय टोल विकास संस्थाका अधयक्ष तुलसी भुषण निरौलाले जानकारी दिए । उनका अनुसार बार्षिक परिक्षा दिएका बालबालिकाहरुलाई लक्षीत यस कार्यक्रमले विद्यार्थीहरुमा शैक्षिक गुणस्तर र क्षमता वृद्धि बिकास गर्ने लक्ष्यका साथ कार्यक्रमको आयोजना गरिको बताए ।

प्रतियोगितामा भगवती टोल विकास संस्थाले दोस्रो स्थान हासिल गरेको छ, भने शिवालय टोल विकास संस्थाले तेस्रो स्थानमै बुझाएका छन् । हाजिरी जवफमा प्रथम,दिृतिय र तृतिय स्थान हासिल गरको विद्यार्थीहरुलाई क्रमसः ट्रफि,मेडल,प्रमाण पत्र वितरण गरिएको थियो ।

प्रतियोगितालाई ओरेक नेपाल उदयपुरले प्रायोजन गरेको थियो । त्यस्तै निरौला बहुउदेश्य कृषि तथा पशुपंक्षी फर्म, काव्या ग्लोवल नेटवर्क गाईघाट र उदयपुर फेन्सि सुज कारखाना उदयपुरले सह–प्रायोजन गरेको थियो । प्रतियोगितामा मिडिया पार्टनरको भुमिकामा सामुदायिक रेडियो उदयपुर रहेको थियो ।